५ आश्विन २०८३, सोमबार
बि प्लस खबर

देवरिया सामुदायिक वन उपभोक्ता समुहको १८ औं वार्षिक साधारण सभा तथा ९औं महाधिवेशन समापन

खबर सम्बाददाता १३ कार्तिक २०७८, शनिबार
देवरिया सामुदायिक वन उपभोक्ता समुहको १८ औं वार्षिक साधारण सभा तथा ९औं महाधिवेशन समापन

कैलालीको , धनगढी उप-महानगरपालिका वडा न.०७ देवरिया स्थित देवरिया सामुदायिक वन उपभोक्ता समुहको १८ औं वार्षिक साधारण सभा तथा ९औं महाधिवेशन आज २०७८ कार्तिक १३ गते सम्पन्न भएको छ ।

यस कार्यक्रममा देवरिया सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष भजन रानाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि डिभिजन वन कार्यालय धनगढीका प्रमुख केशब पराजुली ,बिशिस्ट अतिथि धनगढी उप-महानगरपालिका वडा न.०७ का वडा अध्यक्ष सिताराम राना , अतिथि मनेहरा मा.वि. का प्र.अ. ज्ञनेन्द्र बा. शाह , नवज्योति कृषि सहकारी संस्था लि.का उपाध्यक्ष मेघनाथ राना , शिव आ.वि. का प्र. अ. नन्दलाल राना र विभिन्न संघ संस्थाबाट आएका प्रतिनिधि र उपभोक्ता सदस्यहरुको उपस्थितिमा कार्यक्रम भएको छ ।


कार्यक्रममा सभापति , प्रमुख अतिथि र बिशिस्ट अतिथिले रोपेको गमलामा पानी हालेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य देवरिया सामुदायिक वन उपभोक्ता समुहका उपाध्यक्ष जगत राम रानाले सबै अतिथि तथा उपभोक्ता सदस्यहरुलाई स्वागत गरेका थिए ।

देवरिया सामुदायिक वन उपभोक्ता समुहको आर्थिक वर्ष ०७७/०७८ को आयव्यय रकम २४लाख २हजार ४६ रुपैयाँ ७६ पैसा भएको छ । देवरिया सामुदायिक वन उपभोक्ता समुहको आ.व. ०७७/०७८ को लेखापरीक्षण प्रतिवेदन देवरिया सामुदायिक वन उपभोक्ता समुहका कोषाध्यक्ष भागीराम चौधरीले प्रस्तुत गरेका थिए ।

देवरिया सामुदायिक वन उपभोक्ता समुहमा १२ वटा टोल, समुहको वन क्षेत्रफल २५३.८७ हेक्टर रहेको छ । सामुहमा ८६७ जना उपभोक्ता सदस्यहरु रहेका छ्न । कैलाली जिल्ला डिभिजन वन कार्यालय धनगढी अन्तर्गत भएका सामुदायिक वनहरु मध्य देवरिया सा.व.उ. समूह आ.व.२०७७/२०७८ मा प्रथम स्थान पर्न सफल भएको छ । यसैगरी २९ वटा प्रगति आ. व. ०७७/०७८ मा प्रगति गरेका छौ भनेर देवरिया सामुदायिक वन उपभोक्ता समुहकि कार्यसमितिकि सचिव सङिना जगरीले प्रगति प्रतिवेदन प्रस्तुत गरेकी छिन ।
अनुमानित बजेट देवरिया सामुदायिक वन उपभोक्ता समुहका सदस्य महेन्द्र देव पाण्डेले प्रस्तुत गरेका छन ।

कार्यक्रममा पुर्व अध्यक्ष तथा उपाध्यक्षहरु सम्मानित भएका छन कार्यक्रममा संस्कृतिक नाचगान पनि भएको थियो ।

मैले कुनै पनि विकासको कार्यमा वडा अध्यक्षले यदि एक कप चिया मागेको छ भनेर भन्दियो भने अहिले ठाउँको ठाउँमै राजीनामा दिन तयार छु । कुनै कुनै ठाउँमा ग्रबेल पुगेको थिएन तर मैले आफ्नो ब्यक्तिगत ३ लाखको तलबले ग्रबेल हालेको छु किनकी उतिबेला बजेट हामिसङ्ग थिएन । हामीलाई धन्यवाद नदिनुस तर कसैको पहुँच केन्द्र वा प्रदेशमा छ भने बजेट ल्याएर विकास गर्नुस । आफ्नो घर अगाडि केही नगर्दिने तर खानको लागि समितिको नाममा लाखौं रुपैयाँ ल्याउन सक्ने तर ग्रबेल हल्नको लागि एक रुपैयाँ ल्याउन नसक्ने पछि दोष वडा अध्यक्षलाई दिने केही गरिदिएन भनेर । स्थानीय सरकार र सामुदायिक वनले मिलेर काम गर्न सकिन्छ । तपाईंहरु कार्यक्रम बनाउनुस हामी साझेदारीमा काम गर्न तयार छौ । देवरिया सामुदायिक वन उपभोक्ता समुह प्रथम स्थान पुग्न सफल भएको छ र उपभोक्ता समुहका सदस्यहरुले फेरि पनि प्रथम स्थान ल्याउन सफल हुन्छ्न भनेर धनगढी उप-महानगरपालिका वडा न.०७का वडा अध्यक्ष सिताराम रानाले बताएका छ्न ।

वनको ब्यवस्थापन गर्न सामुदायको महत्त्व छ ।
जलनसिल पदार्थ र आगलागीको स्रोतलाई वन भित्र पस्नबाट बचाउनुस वन जङ्गल आगलागीबाट जोगिनेछ ।
आम्दानीको २५ प्रतिशतलाई वन ब्यवस्थापनमा खर्च गर्नुस किनकि आज वनको विकासको लागि खर्च गर्छौ भने पछि हामीलाई त्यही वनले फाइदा दिन्छ र बाकी रहेलो आम्दानीलाई १०० प्रतिशत मनेर आधा आधा खर्च गर्नुस । सामुदायिक वनको मुल उद्देश्य गरीब , आसय , बिपन्न , निमुखा का वर्ग मध्यले सामुदायिक वनबाट फाईदा पाउनु हो र पायोकि पाएन भनेर थाहा पनि पाउन जरुरी छ ।
यहाँको स्थानीय सरकार एकदमै सकारात्मक छ सामुदायिक र स्थानीय सरकारको बजेट मिलाएर काम गर्‍यो भने राम्रो हुन्छ । प्राबिधिक सहयोग चाहेमा हामी तयार छौ हामिलाई फोन , निवेदन बाट बताउनुस हामी सहयोग गर्न तयार छौ भनेर प्रमुख अतिथि डिभिजन वन कार्यालय धनगढीका प्रमुख केशब पराजुलीले बताएका छ्न ।

नयाँ कार्यसमिति भोलि मिति २०७८ कार्तिक १४ गते बिहान निर्वाचनको प्रक्रियामा हुने भनेर देवरिया सामुदायिक वन उपभोक्ता समुहका निर्वाचन संयोजक ज्ञानेन्द्र बा. शाहले घोषण गरेका छ्न ।

देवरिया सामुदायिक वन उपभोक्ता समुहको १८ औं वार्षिक साधारण सभा तथा ९औं महाधिवेशनको कार्यक्रम पृथ्वी रानाले संचालन गरेका थिए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin