राष्ट्रिय जनगणना २०७८ कातिक २५ गतेबाट मंसिर ९ गते सम्म हुने जनगणना लागि कैलालीको धनगढी उपमहानगर पालिकाको पञ्चोदय माध्यमिक विद्यालयमा, गोदावरी नगरपालिकाको दुर्गा लक्ष्मी बहुमुखि क्याम्पसमा , गौरीगांगा नगरपालिका र कैलारी गाउँपालिकाको सभा हलमा गणकहरुको तालिम भइैरहको छ । नेपाल रानाथारु समाजका केन्द्रिय उपाध्यक्ष कमल सिंह रानाले तालिम स्थलमै गएर रानाथारुको जातिगत कोड र भाषागत कोडको बारेमा छलफल भएको जानकारी दिनुभयो ।
वहाँले भन्नु भयो रानाथारुको विषयमा पहिलो जनगणना हुदै छ अहिले हामीहरुको गणना थारुमा हुने गर्द थियो तर वि.स. २०७६ सालमा रानाथारुको छुट्टै आदिबासिमा सुचिकृत भएकोले यस २०७८को राष्ट्रिय जनगणनामा हाम्रो छेट्टै गणना हुने भएकोले हाम्रो जातिको कोड १२६ रहेको यसमा हजुरहरुले ध्यायन दिनुहोला । रानाथारुमा २२ भन्दा बढि जातहरु रहेका छन त्यसम पनि हजुरहरुले ध्यायन दिनुहोला जस्तै उसले रानाथारु, राना, वडयक , जुगीया जे लेखाए पनि उसको कोड चहि त्यहि १२६ नै हुनु प¥यो भनेर जानकारी दिनुभयो ।
त्यसै गरी भाषाकोडको बारेमा वहाले भन्नु भयो २०६८ सालको जनगणना बाट १२५ भाषालाई कचिकृत गरिएको थियो । त्यसैले ति भाषाहरुको कोड आएको छ ९ वटा भाषा पछि मन्यता पाएको हुदा तिनीहरुको भाषाकोड जनगणना पछि कोडिङ्ग गरिन्छ र सोहि अनुसार भाषाकोडको मान्यता पाउने बताए ।
प्रशिक्षर्थिहरुको जिज्ञासामा उहाँले के भन्नु भयो भाषाको ठाउमा तपाईहरुले रानाथारु भनेर लेख्दिनुहोला । कोडै छैन भन्दै जुनसुकै कोड चहि नाहाल्दिनुहोला भनेर जानकारी गराउनु भयो र धर्मको बारेमा सबैको आप्नो स्वतन्त्रता छ, रानाथारु पहिले देखि नै आफुलाई हिन्दु हौ मुर्तिपुजा नगरे पनि हिन्दत्वप्रति आस्था राख्दै आएको हुनाले धर्ममा जे लेखाए पनि हुने बताए उपाध्यक्ष रानाले ।
वहाँले आज धनगढीको पञ्चोदय मा.वि. संचालन भएको पाँच केन्द्रमा र गोदावरीको दुर्गा लक्ष्मी वहुमुखि क्याम्पसमा तिनओटा केन्द्रमा संचालन भइरहेको गणकहरुको केन्द्रमै गएर जानकारी गराउनु भएको थियो ।