यहि मिति २०७८ कार्तिक १९ गते दिपावली बिशेष कार्यक्रम धनगढी उप-महानगरपालिका वडा न.१५ उर्मि गाउँमा रात्रीकालिन कार्यक्रम आयोजना भएको छ ।
कार्तिक १९ गतेका दिन धनगढी उप-महानगरपालिका वडा न.१५ उर्मि गाउँ दक्षिण टोलमा नबिनतम बाल समुहको आयोजनामा बिगत ३/४ वर्ष देखि कार्यक्रम आयोजना गरेका छौ । कार्यक्रम रात्रिकालिन समयमा भएको हुनले धनगढी उप-महानगरपालिकाका विभिन्न वडाबाट , गोदावरी नगरपालिका र कंचनपुरको दर्शकको पनि भिडभाड हुन्छ । कार्यक्रममा बेजोड डान्स प्रस्तुति हुनेछन । यस बर्ष पनि भिडभाड हुन्छ भनेर आशा गरेका छौ । कार्यक्रममा डान्स प्रशिक्षक चर्चित निर्देशक ,बा.गि.ना.डान्स क्लबका शिव राज रानाले डान्स प्रशिक्षण गरेका छ्न । रेडियो पश्चिम् टुडे ८८.८ मेगाहर्जका रानाथारु गितिकथाका संचालक सुरज रानाले कार्यक्रम संचालन गर्नेछन भनेर नबिनतम बाल समुहका अध्यक्ष गौतम रानाले बताएका छ्न ।