कार्तिक २० गते भाइटीका का दिन धनगढी उप-महानगरपालिका वडा न.१५ उर्मि गाउँ पश्चिम् टोलको आयोजनामा उर्मि गाउँ पश्चिम् टोलमा रात्रीकालिन समयमा संस्कृतिक कार्यक्रम रहेको छ । सो कार्यक्रममा डान्स ,नाटक रहेको छ । उर्मि गाउँ पश्चिम् टोलमा रानाथारुका कलाकार र ए.बि. डान्स क्लबका अबिनास रानाले डान्स प्रशिक्षण गरेका छ्न । पहिलो वर्ष कार्यक्रम गर्दैछौ दर्शकको भिडभाड चै हुन्छ भनेर आशा गरेका छ्न ।
यस कार्यक्रममा रानाथारुका वरिष्ठ तथा चर्चित कार्यक्रम संचालक रबि रानाले र रेडियो पश्चिम् टुडे ८८.८ मेगाहर्जका रानाथारु गितिकथाका संचालक सुरज रानाले कार्यक्रम संचालकको रुपमा रहनेछ्न भनेर धनगढी उप-महानगरपालिका वडा न.१५ उर्मि गाउँ पश्चिम् टोलका अगुवा चन्दी रानाले बताएका छ्न ।