पुनर्वास नगरपालिका वडा न.१० स्थित बिकासबस्ति कंचनपुरमा रानाथारु उत्थान समन्वय मञ्चको आयोजनामा २०७८ कार्तिक १९ गते दिपावलीको आदान प्रदान एवम् राष्ट्रिय जनगणना -२०७८ सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम रानाथारु उत्थान समन्वय मञ्चका अध्यक्ष धोखे रानाको अध्यक्षतामा भएको छ । प्रमुख अतिथी सुदुर पश्चिम प्रदेशके प्रदेश सभा सदस्य श्याम लाल राना , विशिष्ट अतिथीलालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन बडायक विशिष्ट अतिथी ,पुनर्वास नगरपालिका वडा न.१० का वडा अध्यक्ष सुकदेव राना अतिथि , फगुनी उपन्यासका लेखक पदम राना , अतिथि नेपाल रानाथारु समाजका उपाध्यक्ष कमल सिंह राना , सम्पुर्ण अतिथी र पुनर्वास नगरपालिकाका सबै गाउँका भल्मन्साको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा स्वागत मन्तव्य रानाथारु उत्थान समन्वय मञ्चका सदस्य सरबन रानाले सबै अतिथीलाई स्वागत गरेका थिए ।
कार्यक्रममा सुदुर पश्चिम प्रदेशके प्रदेश सभा सदस्य श्याम लाल रानाले ब्यानर वाचन गरेर उद्घाटन गरेका थिए ।
हामिले गणकको कुरा मनेर खाली भाषाको कोठामा छोड्ने कि नछाड्ने त्यो कोठामा के भर्ने हामी आफैमा अल्मल छौ भनेर लालझाडी गाउँपालिका वडा न. ३ कि गणक मुना रानाले बताएकी छिन ।

पहिले थारु भित्र हामीलाई चिनिन्थे तर अहिले हाम्रो जाती भाषा सूचीकरण भैसकेको छ । त्यसैले सबैले आफ्नो जाती र भाषामा रानाथारु लेखाउन अनुरोध गर्दछु । हामीले आजको दिनमा रानाथारु लेखाएनौ भने हामीले पाउने सेवा सुबिधाबाट बन्चित हुनेछौ । रानाथारु उत्थान समन्वय मञ्चले एउटा अपील पनि छपाएको छ र सबैलाई यो बड्छौ भनेर रानाथारु उत्थान समन्वय मञ्चका सदस्य पुरन रानाले बताएका छ्न ।
नेपालमा १०/१० वर्षमा जनगणना हुन्छ । जनगणना भनेको के हो भनेर धेरैलाई थाहा छैन । जनगणना १० वर्षमा एक पटक मात्र हुन्छ र त्यो १० वर्षमा के-के भएको छ त्यसलाई अभिलेख दस्तावेज बनाएर रख्ने कार्य हो । २०६८ सालको जनगणनामा हाम्रो सूचीकरण भएको थिएन त्यसैले २०७८ सालको जनगणनामा सहभागी हुनुहोला र रानाथारुको अभिलेख राख्नको लागि अनुरोध गर्द्छु भनेर शिक्षक
सेबा राम रानाले बताएका छ्न ।
राष्ट्रिय जनगणना २०७८को जनगणना रानाथारुको पहिलो जनगणना भैरहेको छ । त्यसैले जनगणना २०७८ धेरै महत्त्वपूर्ण छ । गणकले ल्याएको फारममा जातिमा रानाथारु भाषामा रानाथारु र जाती कोड न. १२६ लेखाउन अनुरोध गरेका छ्न । हाम्रो नागरिकतामा राना छ रानाथारु किन लेखाउने भन्ने प्रश्न आयो ? हाम्रो जाती रानाथारु हो तर हाम्रो थर चाहिँ राना हो ।कार्यक्रममा प्रशिक्षकको रुपमा नेपाल रानाथारु समाजका उपाध्यक्ष कमल सिंह राना ले बताएका छ्न ।

बि प्लस मिडिया एण्ड इन्टरटेनमेन्ट प्रा. लि. द्वारा कार्यक्रममा भिडियो मार्फत जनचेतना मुलक संदेश बि प्लस मिडियाका अध्यक्ष भानु प्रताप रानाले दिएका छन ।
रानाथारु डट कम द्वारा पनि जनचेतना मुलक संदेश रानाथारु डट कम का अध्यक्ष नन्दलाल रानाले बताएका छ्न ।
राष्ट्रिय जनगणना २०७८ मा रानाथारुको जनगणनामा यदि रानाथारु गणक छ भने अभिलेख राम्रो हुन्छ तर यदि जहाँ रानाथारुको क्षेत्रमा अन्य समुदायको गणक छ्न भने त्यहा अभिलेखमा त्रुटि आउन सक्छ । आज यो कार्यक्रम हुदैछ यस्तै कार्यक्रम सबै वडामा हुन्छ भने अझ राम्रो हुन्छ भनेर पुनर्वास नगरपालिका वडा न. १० का अध्यक्ष सुकदेब रानाले बताएका छ्न ।

आफ्नो पाउने अधिकारको लागि आफू लडेनौ भने अरुलाई दोष दिनु गलत हो । त्यसैले तपाईहरु यहाँ उपस्थित सबैले आफ्नो गाउँ समाजमा तपाइँको जिम्मेवारी छ । अहिले सम्म हाम्रो प्रामाणिक तथ्यांक छैन , त्यसैले हामीलाई आफ्नो सहि जाती, भाषामा रानाथारु र जाती कोड १२६ लेखाउन जरुरी छ । हामीले शिक्षा तिर पनि बढी आकर्षण गर्नुपर्छ भनेर लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकले बताएका छ्न ।

जनसंख्याको आधार अहिले केही पनि छैन त्यसैले राष्ट्रिय जनगणना २०७८ धेरै महत्त्वपूर्ण छ । हामीले बताएको छ कि छैन भनेर जनगणनामा सचेत हुन अति आवश्यक छ । अबको ४/५ दिनमा सबै नगरपालिकामा जानुहोला २/४ घण्टा भए तपनी जान अति आवस्यक छ यसको फल सबैलाई मिल्नेछ ।

जनगणनामा हामी आफै योजना बनाउदै छौ र यस योजनामा हामी सफल हुनेछौ भनेर आशा गरेका छौ । आज यस कार्यक्रमबाट बहिरा निस्कदा भलमन्साहरु आफ्नो गाउँ गाउँमा खबर पुगाउन अनुरोध गरेका छ्न । रानाथारु उत्थान मञ्चका अध्यक्ष धोखे राना समापन गरेका थिए ।
रानाथारु उत्थान मञ्चका सचिव तिर्थराज रानाले कार्यक्रम संचालन गरेका थिए ।