७ आश्विन २०८३, बुधबार
बि प्लस खबर

जनगणना सचेतीकरण अभियान -२०७८ सम्पन्न

खबर सम्बाददाता २४ कार्तिक २०७८, बुधबार
जनगणना सचेतीकरण अभियान -२०७८ सम्पन्न

लालझाडी गाउँपालिका वडा न.०२ कंचनपुर स्थित कन्ज गाउँमा २०७८ कार्तिक २४ गतेका दिन नेपाल रानाथारु समाजको आयोजनामा जनगणना सचेतीकरण अभियान -२०७८ भएको छ । कार्यक्रममा लालझाडी गाउँपालिका वडा न. ०२को वडा कार्यालयको सहयोग र रानाथारु डटकमको प्राविधिक सहयोगमा कार्यक्रम भएको छ ।
सो कार्यक्रममा नेपाल रानाथारु समाजका केन्द्रिय उपाध्यक्ष ओम प्रकाश राना को अध्यक्षतामा कार्यक्रम भएको छ । प्रमुख अतिथि लालझाडी गाउँपालिकाका अध्यक्ष मदन सेन बडायक , बिशिस्ट अतिथी लालझाडी गाउँपालिका वडा . ०१ का वडा अध्यक्ष छेमानन्द राना , वडा न.०२ का वडा अध्यक्ष हेमराज राना , वडा न.०४ का वडा अध्यक्ष बहादुर राना , बिशिस्ट अतिथी जिल्ला समन्वय समितिका सदस्य डिठ्ठा राना , लालझाडी ०३ कि कार्यपालिका सदस्य शान्ति राना , अतिथी सिद्धानाथ आ. बि. कि प्र.अ रामबती राना र सम्पुर्ण वडाका भलमन्सा , शिक्षक , र स्थानीय बासीको उपस्थितिमा कार्यक्रम भएको छ ।

सबै गाउँ ठाउँबाट आएका पधना भल्मन्सा तथा सबै अतिथीहरुलाई स्वागत नेपाल रानाथारु समाजका सदस्य गर्भु रानाले गरेका थिए ।

अरु जातजातिले केही अभियान गर्दैछैनन तर हामी किन गर्दैछौ । सबैको जनगणना हुन्थ्यो तर हाम्रो पहिलो जनगणना गराउन पएका छौ हामीलाई खुशी लागेको छ भनेर राना कला संस्कृति संरक्षण तथा बिकास मञ्चका अध्यक्ष नारायान राना ले बताएका छ्न ।

अभिलेख लिने ब्यक्तिले सबै १०० प्रतिशात ठिक हुदैन तर यसपटक रानाथारुको अभिलेख ठिक आउनेछ भन्दै अपेक्षा गरेको लालझाडी गाउँपालिका वडा न.०४ का वडा अध्यक्ष बहादुर रानाले बताएका छ्न ।

भोलिदेखि गणक घरघरमा आउछन हामीले त रानाथारु लेखाउछौ तर अरुले लेखाउदैनन । त्यसैले तपाईहरु पनि घर गएर अरुलाई पनि लालझाडी गाउँपालिका वडा न.०१ का वडा अध्यक्ष छेमानन्द रानाले सिखाउन अनुरोध गरेका छ्न ।

सबैलाई अहिले सचेत गरिरहेको छ एकदम राम्रो भैरहेको छ ।
यो २०७८को जनगणनामा हामीले आफ्नो पहिचान चिनाउन जरुरी छ । जनगणना २०७८ लाई सबै आफ्नो गाउँमा सचेत बनाउन जिल्ला समन्वय मंचका सदस्य डिठ्ठा रानाले आग्रह गरेका छ्न ।

हामी रानाथारु समाजका पछाडी परेकोले यो जनगणना पहिलो जनगणना छ । पहिले पनि हाम्रो जनगणना भएको थियो तर पहिले हाम्रो जनगणना अर्को जातिमा हुन्थ्यो ।
यो भन्दा पहिले अनुमानित रानाथारुको जनसंख्या बताउथे तर यो जनगणनाले हाम्रो प्रमाणीत तथ्यांक आउनेछ । भोलिदेखि हुने राष्ट्रिय जनगणना २०७८ लाई सबैमा जनचेतना पनि गराउनुहोला भनेर वडा न.२ का अध्यक्ष बताएका छ्न ।

सुपरिवेक्षक र गणक सङ्ग राम्रो अन्तरकृया गरेमा हाम्रो रानाथारुको तथ्यांक राम्रो आउनेछ । गणकलाइ जातजातिमा रानाथारु , जातजाति कोडमा १२६ , मातृभाषा रानाथारु , पू्र्खाको भाषामा रानाथारु भाषा कोडमा (-) चिन्ह लेखाउनु होला भनेर नेपाल रानाथारु समाजका केन्द्रिय उपाध्यक्ष कमल सिंह रानाले बताएका छ्न ।

राष्ट्रिय जनगणना २०७८ बाट हाम्रो पहिचान हुनेछ । हामीले आफ्नो ब्यक्तिगत विवरण सत्यतथ्य लेखाउनु पर्छ । यदि आफ्नो ब्यक्तिगत विवरण घटाएर लेखायौ भने हामीले सरकारबाट सेवासुबिधा पनि कम पाउने छौ । त्यसैले राष्ट्रिय जनगणना २०७८ मा लालझाडी बासी सबैलाई सिकाउन जरुरी छ । यस राष्ट्रिय जनगणना दिपावलीको रुपमा लिनुपर्छ । यो जनगणनामा कोहि पनि रानाथारु नछुटोस भनेर जानुपर्छ । राष्ट्रिय जनगणना २०७८ मा वडाका सबै जनप्रतिनिधिहरु जनगणनामा खट्नका लागि अनुरोध गरेका छ्न । सबै लालझाडी बासीलाई शिक्षामा जोड दिन लालझाडी गाउँपालिका का अध्यक्ष मदनसेन बडायकले अनुरोध गरेका छ्न ।

हामीले पहिचान पाइसकेका छौ तर अहिले पनि अधिकारको लागि हामी सबैलाई लड्नु छ । राष्ट्रिय जनगणना २०७८ मा सबै जना सहभागी हुन अनुरोध गरेका छ्न । अहिले सम्म हाम्रो जनसंख्या सत्यतथ्य थाहा छैन त्यसैले हाम्रो जनसंख्या धेरै महत्त्वपूर्ण छ । हामी नेपाल रानाथारु समाजका सबै पदाधिकारी लागेका छौ भनेर नेपाल रानाथारु समाजका केन्द्रिय उपाध्यक्ष ओम प्रकाश रानाले बताएका छ्न ।

कार्यक्रमलाई संचालन नेपाल रानाथारु समाजका केन्द्रिय महासचिव भक्तराज रानाले गरेका थिए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin