७ आश्विन २०८३, बुधबार
बि प्लस खबर

नेपाली काँग्रेस:धनगढीको सभापतिमा उपाध्याय र क्षेत्रीय सभापतिमा पडालद्वारा उम्मेदवारी घोषणा

खबर सम्बाददाता २९ कार्तिक २०७८, सोमबार
नेपाली काँग्रेस:धनगढीको सभापतिमा उपाध्याय र क्षेत्रीय सभापतिमा पडालद्वारा उम्मेदवारी घोषणा

सुदूरपश्चिमको एकमात्र उपमहानगर धनगढीको सभापतिका लागि नेता यज्ञराज उपाध्यायले उम्मेदवारी घोषणा गरेका छन्। नेपाल विद्यार्थी संघबाट नेपाल काँग्रेसको राजनीतिमा सक्रिय भएका उपाध्याय अहिले नगर सचिव छन्।
यस्तै कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को सभापतिका लागि नेता भीम पडालले उम्मेदवारी घोषणा गरेका छन्। वर्तमान क्षेत्रीय सचिव पडालले धनगढीमा एक कार्यक्रमको आयोजना गर्दै क्षेत्रीय सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन्।
कैलालीमा कार्तिक ३० गते पालिका अधिवेशन हुने छ भने मंसिर ३ गते प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन हुने छ। मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन सम्पन्न भएपछि मंसिर १० गते जिल्ला अधिवेशन तोकिएको छ।
कैलाली काँग्रेसले वर्तमान सभापतिको अध्यक्षतामा १ हजार ५ सय १ सदस्यीय जिल्ला अधिवेशन मुल व्यवस्थापन समिति गठन गरेको जनाएको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin