नेकपा (एमाले) सुदूर पश्चिमका सहइन्चार्ज तथा प्रतिनिधिसभा सदस्य नारदमुनी रानाले एमाले दशौं महाधिवेशनमा थारु कोटाबाट केन्द्रीय सदस्यको उम्मेदवारी घोषणा गरेका छन । एमालेले थारु कोटामा दुई महिलासहित ६ जना केन्द्रीय सदस्य हुन पाउने निर्धारण गरेको छ ।
कैलाली क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्य रहनुभएका राना अहिले पनि एमाले केन्द्रीय सदस्य पनि छन । चितवनको सौराहामा मंसिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनमा आफूले थारु कोटाबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन ।
अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा छोटो समय वन तथा वातावरण मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका रानाले आफू केन्द्रीय सदस्य पदमा निर्वाचित भएमा एमालेको विधि निर्माण तथा पार्टीको आन्तरिक लोकतान्त्रिक व्यवस्थालाई सबल बनाउनेमा भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन ।