७ आश्विन २०८३, बुधबार
बि प्लस खबर

त्रिनगर मा.वि. धनगढीमा भव्य रुपले स्वागत तथा बिदाई कार्यक्रम

समाचार संबाददाता १० मंसिर २०७८, शुक्रबार
त्रिनगर मा.वि. धनगढीमा भव्य रुपले स्वागत तथा बिदाई कार्यक्रम

आज २०७८ मङ्सिर १० गते धनगढी ,कैलाली स्थित त्रिनगर मा.वि. को स्वागत तथा बिदाई कार्यक्रम भैरहेको छ । कार्यक्रम कक्षा १२/ त्रिनगर मा.वि. को आयोजनामा भएको छ । कार्यक्रममा प्रमुख अतिथी त्रिनगर मा.वि. व्यवस्थापन समितिका अध्यक्ष प्रेम बि.सि , बिशिस्ट अतिथि त्रिनगर मा.वि.का प्रधानाध्यापक भूपाल सिंह खड्का ,अतिथि त्रिनगर मा.वि. का शिक्षकहरु र सम्पुर्ण कक्षा ११/१२ का विद्यार्थीहरुको उपस्थिति र कक्षा १२ का छात्रको अध्यक्षतामा कार्यक्रम भएको छ ।

कार्यक्रममा संस्कृतिक नृत्य , गान र गजल वचन गरी रमाइलो गरेर स्वागत तथा बिदाई कार्यक्रम भएको छ ।

कक्षा १२ का विद्यार्थीले भु.पु. कक्षा १२लाई बिदाई र कक्षा ११ लाई स्वागत गरेका छन ।

कक्षा ११ लाई टीका लगाई प्रमुख अतिथि त्रिनगर मा.वि. व्यवस्थापन समितिका अध्यक्ष प्रेम बि.सि , बिशिस्ट अतिथि त्रिनगर मा.वि.का प्रधानाध्यापक भूपाल सिंह खड्काले सबै विद्यार्थीहरुलाई स्वागत गरेका छन । र भु.पु. कक्षा १२ का विद्यार्थीहरुलाई टीका र खादा लगाई बिदाई कार्यक्रम सम्पन्न गरेका छन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin