७ आश्विन २०८३, बुधबार
बि प्लस खबर

एमाले:बन्दसत्र दुई घण्टापछि सर्‍यो

खबर सम्बाददाता ११ मंसिर २०७८, शनिबार
एमाले:बन्दसत्र दुई घण्टापछि सर्‍यो

नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशनअन्तर्गत १० बजेबाट सुरु हुने भनिएको बन्दसत्र दुई घण्टाको लागि सरेको छ।  नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाको अनुसार चितवनको सौराहास्थित सेभेन स्टार होटलमा १२ बजेबाट बन्दसत्र सुरु हुनेछ। बैठकमा विधान संशोधन प्रस्ताव पेश गरिने उनको भनाइ छ।

पार्टीमा सर्वसम्मतको प्रयास भइरहेको बेलामा पदाधिकारीमा आकांक्षी धेरै भएपछि छलफलको लागि बन्दसत्र सारिएको हो। शिर्ष नेताहरु अहिले आन्तरिक छलफलमा बसिरहेका छन्।  बन्द सत्रमा २ हजार १७५ प्रतिनिधि सहभागी हुनेछन्। शुक्रबार राति बसेको नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको अन्तिम बैठकले विधान संशोधन गर्ने निर्णय गरेको थियो।

सर्वसम्मत नेतृत्व चयनका लागि भन्दै पदाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउने गरी विधान संशोधन प्रस्ताव तयार गरिएको छ। यसअघि ललितपुरको गोदावरीमा भएको विधान महाधिवेशनले पास गरेअनुसार २२५ सदस्यीय केन्द्रीय कमिटी अब ३०१ सदस्यीय बन्ने भएको छ। पार्टी प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार एमाले केन्द्रीय कमिटीमा अब अध्यक्ष एक, वरिष्ठ उपाध्यक्ष एक, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव ३ र सचिव ७ गरी १९ जना पदाधिकारी हुनेछन्। यसअघि हटाइएको पोलिटब्युरो पनि ब्यूँताउने निर्णय केन्द्रीय कमिटी बैठकले गरेको छ। केन्द्रीय कमिटीले ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्युरो गठन गर्नेछ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin