७ आश्विन २०८३, बुधबार
बि प्लस खबर

अत्तरिया शाखाबाट सानिमा लाईफद्वारा मृत्यु दाबी बिमा भुक्तानी:कैलाली

खबर सम्बाददाता २० मंसिर २०७८, सोमबार
अत्तरिया शाखाबाट सानिमा लाईफद्वारा मृत्यु दाबी बिमा भुक्तानी:कैलाली

सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको अत्तरिया शाखाले मृतक कमल सिंह खड्काकी श्रीमती धर्मी खड्कालाई १० लाख २० हजार रुपैयाँको मृत्यु दाबी भुक्तानी गरेको छ । खड्काले धनगढी शाखाबाट २०७७ सालमा ५ लाख रुपैयाँ बीमाङ्कको शुभलक्ष्मी बीमा पोलिसी खरिद गरेका थिए ।

उनको गत कार्तिक २ गते हृदयघातको कारण उपचारकै क्रममा मृत्यु भएको थियो । हृदय घातका कारण मृत्यु भए पछि सानिमाले मृतककी श्रीमतिलाई दाबी भुक्तानी बापतको रहक चेक मार्फत हस्तान्तरण गरेको हो ।


दाबी भुक्तानी कार्यक्रममा प्रदेश सभासद तथा पुर्वमन्त्री कृष्ण राज सुवेदी, अत्तरिया खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष टिकादत्त जोशी, राष्ट्रिय लोक साँस्कृतिक प्रतिष्ठानका अध्यक्ष लिलाधर बास्कोटा, सानिमा लाइफका सुदुरपश्चित प्रमुख गणेश प्रसाद उप्रेती, अत्तरिया शाखा प्रवन्धक कर्ण बहादुर ऐर, सिनियर एजेन्सी म्यानेजर चन्द्रा रिजाल लगायतको उपस्थिति थियो ।

मृत्यु दाबी भुक्तानी बीमा कम्पनीको अनिवार्य कर्तव्य हुने भए पनि समाजमा बीमाको पहुँच पुर्याउन र बीमा कम्पनीले बीमितको जीवन कालमा र दुर्भाग्यवस मृत्यु वा असक्त भएमा आश्रीत परिवारलाई क्षतिपुर्ती दिने भएकोले बीमा प्रतिको नकारात्मक धारणा चिन बाध्यातावस यो कार्यक्रम गर्नु परेको क्षेत्रिय प्रमुख उप्रेतीले आफ्नो धारणा राखेका थिए । त्यस्तै ऐरले कार्यक्रममा बीमा कम्पनी र बीमित विच व्यवसाय विस्तार गर्न मानिसहरुको घरदैलोमा गई सेवा दिइरहन सानिमा लाइफ सदैव तयार रहेको धारणा राखेका थिए ।

पुर्वमन्त्री सुवेदशीले सानिमा लाइफ जस्तै सबै बीमा कम्पनीहरुले बीमाको पहुँच स्थानिय तहमा पुर्याउन भुमिका निर्वाह गर्नु पर्ने धारणा व्यक्त गरेका थिए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin