धनगढीको कैलाली बहुमुखी क्याम्पसमा विद्यार्थीले अब टिकटक बनाउन नपाउने नियम बनाएको छ । क्याम्पसले एक सुचना जारी गर्दै क्याम्पस परिसरभित्र भिडियो शेयरिङ प्लेटफर्म ‘टिकटक’ बनाउन रोक लगाउने निर्णय गरेको हो ।
विद्यार्थीहरुले क्याम्पस हाताभित्र स्मार्ट मोबाइलको प्रयोग गरि लगातार टिकटक बनाइरहेको गुनासो आएपछि क्याम्पसले यस्तो निर्णय गरेको हो । सो सुचनाको अटेर गरेको पाईएमा आचारसंहिता अनुसार कारवाहि गरिने क्याम्पस जनाएको छ ।
यस्तै कैलालीकै घोडाघोडी बहुमुखी क्याम्पसले पनि हिजो मात्रै विद्यार्थीहरुले स्मार्ट मोबाइलको प्रयोग गरी क्याम्पस परिसर भित्र टिकटक बनाउन प्रतिबन्ध लगाएको थियो ।