५ आश्विन २०८३, सोमबार
बि प्लस खबर

पत्रकार तथा कलाकार श्रीशा रानाको नेकपा एकीकृत सामाजवादी पार्टीबाट राजनीतिमा पहिलो कदम

खबर सम्बाददाता २९ मंसिर २०७८, बुधबार
पत्रकार तथा कलाकार श्रीशा रानाको नेकपा एकीकृत सामाजवादी पार्टीबाट राजनीतिमा पहिलो कदम

कञ्चनपुरको लालझाडीमा गाउँपालिका स्तरीय पहिलो नेकपा एकीकृत सामाजवादीको भेला भएको छ । बुधबार २९ गते लालझाडी गाउँपालिका वडा नं. ४ को खेल मैदानमा कार्यक्रम सम्पन्न भएको छ । नेकपा (एकीकृत सामाजवादी) सुदूरपश्चिम प्रदेशका अध्यक्ष बिक्रम बहादुर शाहीको प्रमुख अतिथी र सभापति कंचनपुर जिल्ला कमिटी सदस्य तथा लालझाडी गाउँपालिकाको सह-इन्चार्ज अमर सिंह रानाको कार्यक्रम भएको छ ।

अतिथिमा आर्थिक मामिला मन्त्री तारालामा तामाङ्ग, सामाजिक बिकास मन्त्री लाल बहादुर खडका,केन्द्रिय कमिटी सल्लाहकार सदस्य तनुकलाल चौधरी , नेकपा (एकीकृत सामाजवादी) प्रदेश कमिटी सदस्य डिठ्ठा राना, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष जीवन राज थापा, नेकपा (एकीकृत सामाजवादी)पार्टीको कंचनपुर जिल्ला उप-सचिव आरपी सार्की , लगायतका अतिथी तथा सम्पुर्ण नेता र जनसमुदायहरुको उपस्थिति रहेको थियो ।

नेकपा (एकीकृत सामाजवादी) पार्टीको कार्यक्रममा शुभकामना मन्तव्य सोमबिर चौधरी ले व्यक्त गरेका थिए ।

भेला सप्पन्न भइसकेपछि सोमबिर चौधरीको अध्यक्षतामा , उपाध्यक्ष भिमसेन राना,राजेश राना, सचीव नारायण राना
,उप-सचिव राम सरण चौधरी लगायत ६५ जनाको सदस्य गठन गरेका छ्न ।

आज नेकपा (एकीकृत सामाजवादी) पार्टीमा रानाथारुकि पत्रकार तथा रानाथारु कलाकार मञ्चकि केन्द्रिय उपाध्यक्ष चर्चित कलाकार श्रीशा राना पार्टी प्रवेश गरेकी छिन ।उनी रानाथारुकि चर्चित कलाकार , बि. प्लस मिडियाकि सम्बादाता र रेडियो डेलि मेलकि कार्यक्रम संचालिका पनि थिइन । नेपाली कांग्रेस र नेकपा माओवादी पार्टी परित्याग गरी १०० जना बराबर नेकपा (एकीकृत सामाजवादी) पार्टीमा प्रवेश गरेका छन भनेर कंचनपुर जिल्ला कमिटी सदस्य तथा लालझाडी गाउँपालिकाका सह-इन्चार्ज अमर सिंह रानाले बताएका छन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin