कञ्चनपुरको लालझाडी गाउपालिका वडा नं. २ स्थित कंज गाउँमा हिजो ०७८ माघ १६ गते राती करिव ९ देखि १० बजे २२ वर्षीय राम विलास रानाले आफ्नो ४० वर्षीय बुवा ठग्गु रानाको सुतिरहेको वेला एक्कासी आएर बन्चरो प्रहार गरी हत्या गरेको छ भनेर लालझाडी गा.पा. वडा नं. २ का वडा अध्यक्ष हेमराज रानाले बताएका छन ।
खास कारण अहिले नखुले पनि सामान्य रुपैयाँ पैसाको कारणले हत्या भएको हुनसक्ने भनेर गाउँतिर हल्ला छ । बुवा ठग्गु रानाको लहास पोष्टमटमको लागि सेत प्रदेशीक अस्पताल धनगढीमा लगेका छन ।
बेलौरी ईलाका प्रहरी कार्यालय बाट खटिएको टोलीले थप अनुसन्धानका लागि हत्य आरोपी छोरालाई हिरासतमा लिएको भनेर इनेस्पेक्टर कमल कुमार खड्काले बताएका छ्न ।