७ आश्विन २०८३, बुधबार
बि प्लस खबर

काग्रेंस नेतृ डा. आरजु राणाको पहलमा फाप्लालाई खेलग्राम बनाईने

समाचार संबाददाता २४ माघ २०७८, सोमबार
काग्रेंस नेतृ डा. आरजु राणाको पहलमा फाप्लालाई खेलग्राम बनाईने

काग्रेंस नेतृ डा.आरजु राणा देउवाको पहलमा धनगढीको फाप्ला क्रिकेट मैदानलाई खेलग्राम बनाउने निर्णय भएको छ । कांग्रेस नेतृ डा.आरजु राणा देउवाले धनगढीमा मैदान र खेलग्राम बनाउने पहल गरेकी हुन् । उनको पहलमा प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमको राजधानी धनगढीमा फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान सहित खेलग्राम बनाउने निर्णय गरेका हुन ।

“फाप्लालाई सुरुमा अन्तराष्ट्रिय क्रिकेट मैदान बनाउने मात्रै योजना रहेको थियो । धनगढी क्रिकेटको शहरको रुपमा रहेकोले पनि क्रिकेट मैदान सहितको खेलग्रामको आवश्यकता ठानेर नै त्यसका लागि पहल गरिएको हो ।” काग्रेंस नेतृ डाक्टर देउवाले भनिन्– “प्रदेशकै समृद्धिसग जोडिएकोले पनि मैले व्यक्तीगत रुपमा प्रधानमन्त्री ज्युलाई खेलग्रामको निर्णय गर्न अनुरोध गरेकी थिए । सोही अनुसारको निर्णय भएको छ । अब सबै सुदुरपश्चिमवासीहरु मिलेर यसलाई साकार बनाउनुपर्छ । फाप्लालाई मुर्तरुप दिने काममा पनि मेरो पुर्ण साथ र सहयोग रहनेछ ।”

फाप्लालाई लामो समयदेखि अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने चर्चा चलिरहेका वेला क्रिकेट मैदान मात्रै नभएर खेलग्रामका रुपमा विकास गर्ने गरी निर्माणको काम सुरु गर्ने गरी मन्त्री परिषदले निर्णय गरेको हो । डाक्टर देउवाको पहलमा गत माघ १० गतको मन्त्री परिषद बैठकको निर्णयबाट धनगढी उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको ३९ हजार ९ सय १० वर्गमिटर जग्गा क्रिकेट मैदान र खेलग्राम बनाउने गरी हस्तान्तरण गर्ने निर्णय भएको हो ।सरकारले पूर्वाधार निर्माणको लागि फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम विकास समिति गठन गर्ने निर्णय पनि गरेको छ ।

सरकारको यो निर्णयसँगै धनगढीमा अन्तराष्ट्रिय क्रिकेट मैदान तथा खेल मैदान बन्ने भएको छ । यो नेपालकै सबैभन्दा ठूलो क्रिकेट मैदान हुने भएको छ । यसमा अन्तराष्ट्रिय क्रिकेट खेलहरु गराउन सक्ने गरी भौतिक पूर्वाधार तयार गरिने छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin