कैलालीको गाैरीगङगा नगरपालिका वडा न ४ स्थित मसुरियामा २०७८ माघ २८ गते श्री काली गण ‘ई´ बढैपुरको सर्प दश उपचार केन्द्रमा नेपाल परिवार दलको तर्फबाट बलाङकेट यस गणका सहायक सेनानी जनक राज न्याैपानेलाई हस्तान्तरण गरेका छन ।
कार्यक्रममा नेपाल परिवार दलका सुदुर पश्चिम् प्रदेश सयोजक खडक नागरी केन्द्रीय सदस्य बिष्णु बिके जिल्ला अध्यक्ष विशाल चाैधरी पिस फोर्सका केन्द्रीय सदस्य अजय जैरू मिडियाको तर्फबाट रमा चन्द उपचार केन्द्रका अध्यक्ष टीका नाथ नेपाल आर्मीका प्र. स. चुडामणी पुन सहितको टिम कार्यक्रममा सहभागी रहेको युवा नेता अजय जैरुले बताएका छन ।
यस ठाउँमा सर्पले टोकेका बिमारीहरुको बिशेष उपचार गरिन्छ र यस सर्प दस उपचार केन्द्रका मेडिकल इन्चार्ज नेत्र बहादुर कार्किको सल्लाह र उहाको आग्रहमा पार्टीका सयोजक युवानेता खडक नागरीको सहयोगमा ६ बेड भएको सर्प दस उपचार केन्द्रमा आवस्यक परेको नेता नागरीले बताएका छन ।
यस उपचार केन्द्रमा सबैको सहयोगबाट नै संचालन भैरहेको इन्चार्ज कार्किले बताएका छन । नेपाल आर्मी सहायक सेनानी जनक राज न्याैपानेले नेपाल परिवार दललाई धन्यवाद दिनका साथै आगामी दिनमा सहयोग को आशा गर्दै पार्टीका सयोजक नागरीले सहयोग गर्ने प्रतिब्बता गरेका छन ।