सिउल, कोरिया। नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले अमेरिकन पूर्व उपराष्ट्रपति माइक पेन्स संग संक्षिप्त कुराकानी गर्नु भएको छ। विश्व शिखर सम्मेलन २०२२ को शिलशिलामा कोरियाको भ्रमणमा रहेका उपराष्ट्रपति माइक पेन्सले नेपालको पछिल्लो अवस्था बारे चासो राख्नु भएको थियो। पूर्व मन्त्रि ढकालले नेपालमा शान्तिको पुनर्बहाली भएको, नयाँ संबिधान जारी संगै नेपाल संमृद्धिको बाटोमा अघि बढ्न लागेको बताउदै नेपालको बिकासमा सहयोग गर्न र उपयुक्त समयमा नेपालको मैत्रीपुर्ण भ्रमण गर्न पूर्व उपराष्ट्रपति पेन्सलाइ आमन्त्रण समेत गर्नु भयो ।