५ आश्विन २०८३, सोमबार
बि प्लस खबर

धनगढी उ.म.न.पा. वडा न. ०७ मा ३० जनाले गरे नेपाली कांग्रेस पार्टी प्रवेश

खबर सम्बाददाता ५ फाल्गुन २०७८, बिहीबार
धनगढी उ.म.न.पा. वडा न. ०७ मा ३० जनाले गरे नेपाली कांग्रेस पार्टी प्रवेश

कैलालीको धनगढी उप-महानगरपालिका वडा न.०७ मा आज फागुन ०५ गते प्रमुख अतिथि क्षेत्र न. ०५ का क्षेत्रिय सभापति भिम पडाल , विशिष्ट अतिथि प्रदेश सभा क्षेत्र न. ०५ (क) का सभापति सिताराम राना ,विशिष्ट अतिथि केन्द्रिय महाधिवेशन प्रतिनिधि उद्दब बा. विष्ट र अन्य नेपाली कांग्रेसका कार्यकर्ता , टोलबासी र धनगढी उप-महानगरपालिका वडा न. ०७ का उप-सभापति पुर्ण चन्द पण्डेको अध्यक्षतामा र ८० जनाको सहभागितामा जखौर टोल कमिटी गठन कार्यक्रम सम्पन्न भएको छ ।

टोल कमिटीका संयोजकमा ललित कुमार चौधरी , उप-संयोजकमा रुबिना चौधरी सचिवमा सजिना कडारा यसैगरी १३ सदस्य गरि १६ जनाको टोल कमिटी गठन भएको छ ।
टोल कमिटी गठन भएसङ्गै टोलबासीले निर्वाचनमा नेपाली कांग्रेसलाई सहयोग गर्ने भनेर प्रतिबद्धता गरेका छन ।
सोही कार्यक्रममा आज धनगढी उप-महानगरपालिका वडा न. ०७ मा जखौर टोलका ३० जनाले नेपाली कांग्रेस पार्टी प्रवेश गरेका छन ।
कार्यक्रममा नेपाली कांग्रेसका युवा नेताहरु नेपाली कांग्रेसलाई सहयोगको आशा पनि गरेका छन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin