कञ्चनपुरको पुनर्वास नगरपालिकामा रहेको रानाथारू उत्थान समन्वय मञ्चको वार्षिक सधारण सभा सम्पन्न भएको छ । पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापाको प्रमुख अतिथित्वमा नगरपािलकाको वडा नं. ५ सिमरी गाउँमा शनिवारका दिन सधारणा सभा भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापाले भलमन्साहरुलाई रु पाँच हजार प्रत्येक वर्ष एकमुस्ट दिनेगरी वियोजन रकम अहिले त्यसलाई बढाएर सात हजार पु¥याएका बताए । रानाथारुको कुलदेवता बस्ने घर भुइयाँको लागि प्रदेश सरकार संग पहल गरेर १२ गाउँको लागि भुइया निर्माण गरिएको र आफु रानाथारू हक अधिकारका लागि प्रतिवद रहेको बताए ।

त्यसैगरी कार्यक्रमका विशिष्ट अतिथि फगुनी उपन्यासका लेखक , साहित्यकार तथा उद्योगपति पदम रानाले रानाथारु सामुदायमा भलमन्सा प्रथालाई, रकम विनियोजन कार्यको सरहनिय गर्दै भलमन्साहरुलाई राज्य संचालनमा सहभागी गराउनु पर्ने बताए ।
कार्यक्रममा विशिष्ट व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । यसै गरी उत्थान मञ्चले हरेक वर्ष दुई जना विद्यार्थी लाई छात्रवृति प्रर्दान गर्दै आइरहेछको छ । यस वर्ष छात्रवृति प्राप्त गर्ने विद्यार्थि कंकर गाउकी समझना राना वगेश्वरी मा.वि. कक्षा ९ पढने , परासन गाउका क्रेशन राना , राष्ट्रिय आधारभुत विद्यालय कक्षा ७ मा पढने विद्यार्थी लाई छात्रवृति प्रदान गरेको छ । त्यसै कार्यक्रममा प्रािविधक अध्ययनका लागि इन्जििनयर राेहित रानाले २५००० काे छात्रवृति स्थापना गरेका छन भने बनबारी रानाले पनि छात्रवृतिका लागि रू २५००० दिने प्रतिबद्ता गरेका छन ।

साधारण सभाले फुल्लन राना अध्यक्षतामा १७ सदस्यीय समिति गठन भएको छ । समितिमा उपाध्यक्षमा वनबारी राना , सचिवमा तिर्थराज राना , कोषाध्यक्षमा तारा कुमारी राना बाँकी सदस्य रहेका छन ।

त्यसैगरी कार्यक्रमको शुभकामना दिनुहुने अतिथीहरु पुनर्वास नगर पालिका वडा नं.१० का वडा सुकदेव राना, वडा नं. ७ का वडा अध्यक्ष रामदुलारे राना, ए प्लस इन्जिनिङ्गका संचालक रोहित राना, बाह्रा गाउका भलमन्साहरुले शुभकामना दिनुभएको थियो ।