३१ भाद्र २०८३, बुधबार
बि प्लस खबर

धनगढीमा भेटियो एक युवकको शव

खबर सम्बाददाता २३ फाल्गुन २०७८, सोमबार
धनगढीमा भेटियो एक युवकको शव

कैलालीको धनगढी उपमहानगरपालिकामा एक युवकको शव फेला परेको छ। वडा नम्बर ५ को जाँई-शिवनगर सडकस्थित केराबारीमा अन्दाजी ३३ वर्षीय युवकको शव फेला परेको हो। मृतकको सनाखत नभएको प्रहरीले जनाएको छ। यस्तै अहिले प्रहरीले घटनास्थलको काम सकेर फर्किन लागेको कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।
घाँटी र गालामा चोटपटक लागेको छ। हत्या आशंका पनि गरिएको छ। उनको शरिरको घाउँमा रगत लागेको काठको टुक्रा भेटिएको छ। अनुसन्धान भैरहेको छ।’ थप विवरण अनुसन्धानपछि खुल्ने उनको भनाई छ। यस्तै घटनास्थलमा काठको डन्डी पनि भेटिएको प्रहरीले जनाएको छ। उक्त काठ घटनामा प्रयोग भएको हुनसक्ने प्रहरीको अनुमान छ।
सोमबार बिहान १० बजे उनको शव नालीमा फेला परेको थियो। उनको सनाखतको प्रयास भैरहेको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin