३१ भाद्र २०८३, बुधबार
बि प्लस खबर

मणिकाधाममा मेलाको सुरक्षाका लागि शुक्लाफाँटा -८ मा ४८ ठाउँमा सिसिटिभी क्यामेरा जडान

खबर सम्बाददाता २८ फाल्गुन २०७८, शनिबार
मणिकाधाममा मेलाको सुरक्षाका लागि शुक्लाफाँटा -८ मा ४८ ठाउँमा सिसिटिभी क्यामेरा जडान

मणिकाधाम (मुडका) स्थित बैजनाथ मन्दिरमा लाग्ने मेलाको सुरक्षाका लागि ४८ ठाउँमा सिसिटिभी क्यामेरा जडान गरिएको छ।मेला क्षेत्रमा हुन सक्ने चोरी, अपराधिक क्रियाकलाप, दुर्घटनालगायत घटना नियन्त्रण गर्न झलारी, फुलेली मणिकाधाम, बतासे झरना पर्यटकीय क्षेत्रमा सिसिटिभी क्यामेरा जडान गरिएको छ। क्यामेराको कन्ट्रोल रूम प्रहरीको निगरानीमा रहने गरी मेला क्षेत्रमै राखिएको छ।

मेला अवधिभर मणिकाधाम क्षेत्रमा सिसिटिभी क्यामेराको निगरानी रहने वडा अध्यक्ष बहादुर महराले बताए। मेलाको सुरक्षाका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली समेत शुक्रवार रातिदेखि नै परिचालन गरिएको छ। मेला आज लाग्दैछ।मेला क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन सवारी साधन पार्किङको व्यवस्था गरिएको छ। सवारी दुर्घटना रोक्नका लागि ठाउँठाउँमा ट्राफिक प्रहरी परिचालन गरिएको छ। मेला स्थलमा व्यापार व्यवसाय र होटेल व्यवसाय गर्ने व्यवसायीहरुका लागि मन्दिरभन्दा दक्षिणतर्फको क्षेत्र निर्धारण गरिएको छ।

शनिवार बिहानैदेखि मणिकाधाम क्षेत्रमा दशर्नार्थीको घुइँचो लागेको छ। वृद्धवृद्धा र महिलाका लागि मन्दिरमा दर्शन गर्नका लागि विशेष व्यवस्था मिलाइएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर ऐरले बताए। मेलामा नेपाल तथा भारतका दर्शनार्थीहरू आउने गर्दछन्।मणिका धामलाई यस क्षेत्रका स्थानीय बासिन्दाले मुडकाका नामले चिन्दछन्। धाम क्षेत्रमा सिद्धबाबाको प्राचीन मन्दिर र मन्दिर नजिकै ठूलो तलाउ छ। थारु भाषामा मुड भन्नाले शिरलाई भनिन्छ। सबैभन्दा अग्लो भाग भएकाले मुड शब्दको अपभ्रंस भई मुडका भएको स्थानीयहरू बताउँछन्।

पहाडबाट मौसमी रुपमा बसाइँ झर्नेहरूले ताल भएको क्षेत्र नजिकैको थुम्कोमा मन्दिर स्थापना गरी पूजा गर्दै आएपछि यो क्षेत्र अन्य समुदायका व्यक्तिका लागि पनि धार्मिक धरोहरका रुपमा विकसित हुँदै गएको छ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin