३० भाद्र २०८३, मंगलवार
बि प्लस खबर

नेपाल परिवार दलको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

खबर सम्बाददाता २८ फाल्गुन २०७८, शनिबार
नेपाल परिवार दलको कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

आज फागुन २८ गतेका दिन नेपाल परिवार दल जिल्ला समन्वय समिति कंचनपुरको आयोजनामा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथी नेपाल परिवार दलका केन्द्रिय अध्यक्ष तथा पुर्व भुमि मन्त्री एक नाथ ढकाल , विशिष्ट अतिथि नेपाल परिवार दलका महामन्त्री प्राकश बाबु थापा अतिथि नेपाल परिवार दलकि केन्द्रिय सदस्य विष्णु कुमारी बि.क. र यसैगरी सम्पुर्ण नेपाल परिवार दलका सदस्य जिल्ला कमितीका पदाधिकारी , ३०० जना कार्यकर्ता र नेपाल परिवार दलका सुदुरपश्चिम प्रदेश प्रमुख खडक नगारीको अध्यक्षतामा भिमदत्त ना.पा. महेन्द्रनगरमा कार्यक्रम भएको छ । कार्यक्रममा संस्कृतिक टिमले पनि मनोरञ्जन गराएका थियो ।

अरु पार्टीले लामो भाषण गर्नुहुन्छ तर हामी छोटो भाषण गर्छौ तर काम गर्छौ भनी सबै नेपाल परिवार दलको कार्यक्रममा उपस्थित भएकालाई स्वागत मन्तव्य नेपाल परिवार दलकी केन्द्रिय सदस्य विष्णु कुमारी बि.क. ले दिएकी थिइन ।

भारतमा बसेका नेपालीहरु अहिले कोभिड भ्यक्सिन पएका छैनन उहाँलाई कोभिड भ्याक्सिन उपलब्ध गरिदिन आशा गरेकी छु भनेर दिल्ली नेपाली प्रावशी संघकि मन्जु सोराइले बताएकी थिइन ।


नेपाल परिवार दलको स्थापना काल देखि ठुला ठुला कार्य गरिसकेको छ।
आफैमा युवाहरुलाइ नेतृत्व दिन सक्ने । युवाहरुले अब आफ्नो कडम अगाडि बढाउनु पर्छ र नयाँ नेपालको निर्माण गर्नुपर्छ । नेपाल परिवार दलले संविधान लेखन समेत कार्य गरेको छ ।
अब हामी बस्ने होइन , हाम्रो जिम्मेवारी के हो ? भन्ने होइन हामीले आफैले आफ्नो जिम्मेवारी खोज्ने हो भनेर नेपाल परिवार दलका महामन्त्री प्रकाश बाबू थापाले बताएका छ्न ।

रुखमा चढ्न्को लागि रुखको फेदबाट सुरु गर्नुपर्छ । हाम्रो नेपाल परिवार दलको आजको उपस्तिथिले पक्कै पनि लामो यात्रामा लैजाने छ । नेपाल परिवार दल पार्टी देशको नयाँ बिचार दिने नयाँ नेपाल निर्माण गर्नको लागि यो पार्टी स्थापना गर्ने पार्टी हो । हाम्रो देशमा राजनीतिलाई परिवर्तन गर्नुपर्छ र राजनीति गर्ने ब्यक्ति पनि परिवर्तन गर्नुपर्छ । यदि एउटै पार्टीले राजनीति गर्‍यो भने हाम्रो नेपाल कहिलेपनी परिवर्तन हुन सक्दैन । यदि कुनै सरकारले गाँस बास र कपासलाई पूरा गर्न सक्दैन भने त्यस्तो सरकारलाई परिवर्तन गर्न जरुरी छ । आफ्नो राजनीतिक एजेन्डा पूरा गर्नको लागि नेपाल बन्द गर्ने , तोडफोड इत्यादि कार्य गर्ने मध्य हाम्रो पार्टी होइन । पिस फोर्स युवा हरुलाई अगाडि बढाउने नेतृत्व गर्ने एउटा संस्था हो। चुनावमा गाउँमा आएर पैसा बद्नेको पैसाको झोला खोसेर बिकास निर्माणको कार्य गर्नुपर्छ । पुरानो पार्टीलाई बिस्थापित गरेर र नयाँ पार्टीलाई स्थपित गरेर नयाँ नेपाल बनाउनु पर्छ भनेर नेपाल परिवार दलका केन्द्रिय अध्यक्ष तथा पुर्व भुमि मन्त्री एक नाथ ढकालले बताएका छन ।

कंचनपुर जिल्ला कमिटी समन्वय समितिमा प्रेम परियारको अध्यक्षता २५ सदस्यको जिल्ला कमिटी गठन गरेका छन ।

पिस फोर्स कंचनपुर जिल्ला कमिटीमा मोहन राज गिरीको अध्यक्षतामा १५ सदस्य गठन गरेका छन ।

सम्पुर्ण कंचनपुर जिल्ला कमिटी र पिस फोर्स कमिटीका पदाधिकारीलाई धन्यवाद र कार्यकालको शुभकामना । अबको चुनाब आउदैछ भोट माग्नको लागि अश्वशन देलन तर हामीले जे बोलेका छौ बोलेको कुरालाई काम गरेर देखाउएका पनि छौ । हामीलाई ५ वर्षको समय दिनुस , हामी पनि यो सुदुर पश्चिम् प्रदेशलाई दिल्ली जस्तै बनाएर देखाउछौ । हाम्रो अहिले सरकार छैन तर पनि हामिले सहयोग गरिरहेका छौ ।आजको कार्यक्रममा १०० जना बढीले नेपाल परिवार दल पार्टी प्रवेश गरेका छन । हामीले तपाईंको आशालाई निराशा गराउने छैनौ यो मेरो प्रतिबद्धता छ भनेर सभापति नेपाल परिवार दलका सुदुरपश्चिम प्रदेश प्रमुख खडक नगारीले बताएका छन ।

नेपाल परिवार दलका केन्द्रिय सदस्य धर्म बहादुर रोकायाले कार्यक्रम संचालन गरेका थिए ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin