नवजीवन सहकारी संस्थाको २८औं साधारण सभाबाट नयाँ नेतृत्व चयन हुदैछ । शनिबार भएको मतदानमा अहिले मतगणना जारी छ । २८०० मतगणना गर्दा देवबहादुर बमको अग्रता छ।
प्रमुख निर्वाचन अधिकृत लोकबहादुर बिष्टका अनुसार २८०० मतगणना हुँदा बमले १४२५ मत पाएका छन् भने अध्यक्षका अर्का प्रत्यासी रतनबहादुर कठायतले १०९५ मत पाएका छन्। दुईवटा प्यानल चुनावी मैदानमा उत्रिएपछि हिजो शनिवार मतदान भएको थियो।
निर्वाचन समितिका अनुसार नवजीवन सहकारी संस्थामा २९ हजार ५ सय ७७ शेयर सदस्य रहेकोमा १७ हजार ८० मत खसेको थियो।