धनगढी उपमहानगर पालिका उपप्रमुख शुसिला भट्ट मिश्रले उपमहानगर पालिकाको वार्ड नं ११ स्थित विभिन्न तरकारी बारि को अनुगमन गर्नु भयो ।विद्यालयमा सञ्चालित दिवा खाजा कार्यक्रम लाई प्रभाबकारी तथा खाजा स्वस्थ र बिषाधी मुक्त रहोस उद्देश्ले अनुगमन गरिएको हो । भट्ट ले नेपाल कृषी प्रधान देश भएकोले हरेक किशानले उन्नत तथा स्वस्थकर तरकारी उत्पादन गर्नुपर्नेमा जोड दिनु भयो । तरकारी खेती आजको आवश्यकता हो । अर्को तिर हरेक कृषक तरकारी खेती गरी मनग्य आम्दानी का साथै स्वस्थ तरकारी पनि खान पाइन्छ भट्टले बताउनु भयो ।

अनुगमन कार्यक्रममा धनगढी १ का वार्ड अध्यक्ष सन्तोष मुडभरी लगायत वडा नं ११ का वार्ड अध्यक्ष गंगाराम रानाको पनि सहभागीता रहेको थियो।वडा अध्यक्ष द्वय ले तरकारी खेतीको महत्व बारेमा जाकारी गराउनु भएको थियो।
सप्रोश नेपालको योजनामा गरिए का तरकारी वारिका लागि समूह निर्धारण गरिएको सप्रोस नेपाल धनगढी उपमहानगर पालिकाका कृषि तथा जिबिकोपार्जित अधिकृत माधब जंग महतले बताउनु भयो। महतका अनुसार विद्यालयमा दिवा खाजा कार्यक्रम लाई प्रभाबकारी बनाउन उक्त कार्यक्रम धनगढी नगरपालिका भित्र संचालनमा आएको हो ।