३१ भाद्र २०८३, बुधबार
बि प्लस खबर

१८ हाेली प्रदर्शन गर्दै मनाइयाे हाेरी मिलन

खबर सम्बाददाता ७ चैत्र २०७८, सोमबार
१८ हाेली प्रदर्शन गर्दै मनाइयाे हाेरी मिलन

नेपाल रानाथारु समाज, कैलालीले होरी मिलन कार्यक्रम समपन्न गरेको छ । जिल्ला भरीको होरी नाच एकै ठाउँमा प्रदर्शन गरी एक कार्यक्रमका बीच धनगढीमा समाजले होरी मिलन समपन्न गरेको हो । कार्यक्रमको प्रमुख अतिथि पूर्व बन तथा वातावरण मन्त्री नारदमुनी राना रहनु भएको थियो । मन्त्री रानाले होरी होरी मिलन कार्यक्रममा बोल्दै रानाथारु सुचिकृत रानाथारु समुदायका लागि उपलब्धी भएपनि , रानाथारुहरुको हक र अधिकारका निम्ती अझै एक जुट भै लाग्नु पर्ने बताए । पहिचानको लडाई हामीले जिते पनि हक र अधिकार नपाए सम्म त्यो अधुरो रहेको उनले बताए ।

कार्यक्रमका विशिष्ट अतिथि तथा नेपाल रानाथारु समाजका केन्द्रिय उपाध्यक्ष कमल सिंह रानाले कार्यक्रममा होरीको सुभकामना दिदै जातिय हक अधिकारका लागि नेपाल रानाथारु समाज हरदम तयार रहेको बताए । नेपाल रानाथारु समाज जातिय छाता संस्था रहे पनि यसका यसका कार्यक्रमा सबै अगुवा तथा नेताहरु सहभागी नहुदा समुदाय नराम्रो सन्देश गएको जिकिर गरे ।

नेपाल रानाथारू समाजकी केन्द्रिय कोषाध्यक्ष कन्दकला रानाले सबै नेताहरूलाइ िनम्ताे गरेकाे र पनि कार्यक्रम नअाउनु समाजका लागि दुखद रहेकाे बताइन । यस्तै केन्द्रय सचिब चन्द्रकिरण राना, मनेहरा सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष मोति राना , देवहरिया समुदायिक वनका अध्यक्ष शारदा प्रशाद राना , नेपाल रानाथारु समाजका पुर्व उपाध्यक्ष शिव राज राना लगायत केन्द्रिय नेता तथा गाउका भलमन्सा कार्यक्रमको सफलताको शुभकामना दिए ।

कार्यक्रम कैलाली जिल्ला अध्यक्ष लाल बहादुर रानाकाे सभापतित्वमा होरी मिलन कार्यक्रम सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य जिल्ला उपाध्यक्ष पृथ्वीराम रानाले गरे भने कार्यक्रम सचिब गया प्रसाद राना र रानाथारु कलाकार मन्चकि अध्यक्ष श्रीशा राना संचालन गरेका थिए । कार्यक्रममा १८ गाउँका हाेली प्रस्तुती थियाे ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin