३० भाद्र २०८३, मंगलवार
बि प्लस खबर

प्रदेश सरकारको ५० प्रतिशत अनुदानमा दाइजो कृषी सहकारीद्वारा किसानलाई पावर टिलर वितरण

खबर सम्बाददाता ७ चैत्र २०७८, सोमबार
प्रदेश सरकारको  ५० प्रतिशत अनुदानमा दाइजो कृषी सहकारीद्वारा किसानलाई पावर टिलर वितरण

धनगढी उप महानगरपालिका वडा नम्बर ७ मा रहेको दाइजो कृषी सहकारी संस्थाले सुदूरपश्चिम प्रदेश सरकारको ५० प्रतिशत अनुदानमा १२ जना किसानहरुलाई पावर टिलर वितरण गरेको छ । मुख्यमन्त्री नमुना कृषी गाउँ खाद्यान्न बिउ उत्पादन समन्वय समिति धनगढी कृषी ज्ञान केन्द्र कैलालीले प्रदान गरेको ५० प्रतिशत अनुदानमा कृषी सामग्री पावर टिलर सहकारीले वितरण गरेको हो ।

साेमबार बिहान एक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेशका भुमी, ब्यवस्था, कृषी तथा सहकारी मन्त्री बिनिता चौधरीले सो पावर टिलर कृषकहरुलाई हस्तान्तरण गरेकी हुन् । पावर टिलर हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री चौधरीले कृषी क्षेत्रकै बिकासबाट मात्रै सम्बृद्धी ल्याउन सकिने भन्दै, कृषी, मल बिउ बिजनमा जोड दिएको बताइन् ।

हामीले उत्पादन संगै बजारलाई जोड्न खोजिरहेका छौँ, उत्पादन बढाउनका लागी यान्त्रीकरणमा हामीले सहयोग गरिरहेका छौँ हामीले कृषी क्षेत्रको बिकासका लागी सहयोग गरेनौँ भने किसान अगाडी बढ्न सक्दैनन् ।” हामीले मुख्यमन्त्री कृषी कार्यक्रम ८८ वटै स्थानिय तहमा लागु गरेका छौँ उनले भनिन् “जहाँ जस्तो उत्पादन हुन्छ त्यहाँ त्यही खेती गर्ने गरी हामीले कार्यक्रमहरु सञ्चालन गरेका छौँ, यस्तै कार्यक्रमले धेरै किसानहरु लाभाम्बित भएका छन् र ब्यवसायिक किसान बन्दै गएका छन् मन्त्री चौधरीले भनिन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin