नेपालसँग सीमा जोडिएको भारतको उत्तराखण्ड राज्यको मुख्यमन्त्रीमा पुष्कर सिंह धामी नै दोहोरिने भएका छन्।
भारतीय जनता पार्टीको देहरादुनमा सोमबार बसेको बैठकले कामचलाउ मुख्यमन्त्री धामीलाई विधानसभा दलको नेता चुनेको हो। यससँगै धामी मुख्यमन्त्रीमा दोहोरिने निश्चित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। धामी मुख्यमन्त्री बन्ने खबर संगै उत्तराखण्ड क्षेत्रमा खशीयाली छाएकाे छ । धामी समर्थक जनताहरू बाजागाजाका साथ र्याली िनकालेका छन ।
यस्तै थारु कलाकार विकास मञ्चका अध्यक्ष बन्टी राना थारु सम्मेलनका लागि छलफलका गर्न नेपाल आएका छन । धामी मुख्य मन्ज्ञी बन्ने सूचना पाउन साथै नेपालमै एक कार्यक्रमका बीच खुशीगाली मनाई बधाइ सटासाट गरे । धामी जस्ता समाजसेवी र विकास प्रमी नेता मुख्य मन्त्री पाउनु उत्तराखण्डका लागि सौभाग्य रहेको बताए ।

हालै सम्पन्न विधानसभा निर्वाचनमा धामीको नेतृत्वमा भाजपाले कुल ७० सीटको विधानसभा निर्वाचनमा ४७ सीट अर्थात बहुमत हासिल गरेको थियो। उनी आफ्नो निर्वाचन क्षेत्र खटिमाबाट कंग्रेस आई प्रदेश अध्यक्ष भुवन कापडीसँग पराजित भएका थिए। तर मुख्यमन्त्री भएको ६ महिनामै राज्यमा अलग छाप छोडेको भन्दै पार्टीको शीर्ष नेतृत्व धामीलाई नै जिम्मेवारी दिने निष्कर्षमा पुगेको हो। उनका लागि सीट छोड्न धेरै विधायक तयार भएका छन्।
पार्टीको केन्द्रीय परीवेक्षकका रुपमा उत्तराखण्ड पुगेका रक्षामन्त्री राजनाथ सिंहले पछिल्लो ६ महिनामा धामीले मुख्यमन्त्री भएर पार्टीको पक्षमा शानदार काम गरेको भन्दै पुन: मुख्यमन्त्री बनेर अब राज्यको बहुआयामिक विकास गर्ने बताए।