३० भाद्र २०८३, मंगलवार
बि प्लस खबर

विविध कार्यक्रम सहित नेपाल रानाथारु समाज, कञ्चनपुरको होरी मिलन समपन्न

खबर सम्बाददाता ८ चैत्र २०७८, मंगलवार
विविध कार्यक्रम सहित नेपाल रानाथारु समाज, कञ्चनपुरको होरी मिलन  समपन्न

नेपाल रानाथारु समाज, कञ्चनपुरको होरी मिलन कार्यक्रम २०७८ समपन्न गरेको छ । हाेरी को शुभकामना अदानप्रदान गर्दै एक कार्यक्रमका बीच कञ्चनपुरको झलारी बजारको कालिका मा. वि.मा समाजले होरी मिलन समपन्न गरेको हो । कार्यक्रमको प्रमुख सम्विधान सभा सदस्य तथा नेपाल रानाथारु समाजका केन्द्रिय अध्यक्ष कृपा राम राना रहनु भएको थियो । अध्यक्ष रानाले नव नियुक्त कार्य समितिलाई कार्यकालको शुभ कामना दिदै रानाथारुहरुको हक र अधिकारका निम्ती अझै एक जुट भै लाग्नु पर्ने बताए । पहिचानको लडाई सरकार संग बाँकी रहेको उनले बताए ।

कार्यक्रमका विशिष्ट अतिथि तथा कृष्णपुर नगरपालिका उपप्रमुख रमिता रानाले कार्यक्रममा होरीको सुभकामना दिदै जातिय हक अधिकारका लागि आफू र कृष्णपुर नगरपालिका हरदम तयार रहेको बताए । नेपाल रानाथारु समाज जातिय छाता संस्था रहेकाले यसमा सबैको साथ हुनुपर्ने बताइन ।

कार्यक्रमा भारतका राष्टपति तथा उत्तराखण्डका मुख्य मन्त्रीबाट महिला सशक्तिकरण एव जनजाती हस्त शिल्पकला बाट सम्मानित लखिमपुर खिरीकी आरती रानालाई सम्मान गरिएकोथियो ।


कञ्चनपुर जिल्ला अध्यक्ष प्रेमवती रानाको सभापतित्वमा समपन्न कार्यक्रममा जिल्ला समन्वय समिती सदस्य लक्ष्मण राना, शुक्लाफाँटा नगर पालिका ४ का वडा अध्यक्ष ज्ञानेन्द्र विष्ट, वडा नं. ६ का वडा अध्यक्ष जगत राना, वडा नं. १२ का वडा अध्यक्ष वाले राना, बेदकोट नगर पालिका वडा नं. ६ का फट्टे राना, बेलौरी नगर पालिका वडा नं. ८ का वडा अध्यक्ष नन्दकुमार राना , नेपाल रानाथारु समाज पुर्व केन्द्रिय अध्यक्ष पदम राना, केन्द्रिय उपाध्यक्ष ज्ञानेन्द्र राना, नेपाल रानाथारु समाज कैलाली जिल्ला अध्यक्ष लालबहादुर राना, कञ्चनपुर संघर्ष समिती अध्यक्ष सागर राना, रानाथारु उत्थान मञ्चका निबर्तमान अध्यक्ष धोखे राना, असैना गाउका भलमन्सा मिट्ठु राना, डँगा जाइका सिताराम राना, कलुवापुरका जय सिह राना, सिसैयाका सिताराम राना, बाँडीका भजन राना, कसरौलका सालीक राम राना र बन्सहा गाउँका भंगा रानाले शुभकामना मन्तव्य दिनुभएको थियो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin