कैलाली उद्योग वाणिज्य सङ्घको आयोजनामा धनगढीमा लाग्ने सुदूरपश्चिम महोत्सवको तयारी पुरा भएको जनाएको छ । धनगढी १ स्थित पशुपति टोलमा लाग्ने महोत्सवको तयारी सकिएको आयोजक कैलाली उद्योग वाणिज्य सङ्घले जनाएको छ । बदलिँदो मौसमका बाबजुद छोटो समयमा तयारी तीव्र पारिएको कैलाली उद्योग वाणिज्य संघका महासचिव ओम विष्टले जानकारी दिए ।
त्यस्तै, महोत्सवका लागी व्यापारिक स्टलहरू नौलो तरिकाले सजावटको काम र व्यवस्थापन गरिरहेको बताउँदै महासचिव विष्टले बिहानै देखी स्थानीय कलाकारलाई समय दिइएको र दिउँसो २ बजे देखी साँझ ८ बजे सम्म नै राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने बताए । वि।सं।२०६३ साल देखी सुदूरको सुन्दर भविष्यका लागी विभिन्न मागहरू सहित आयोजना गर्न लागिएको महोत्सवमा यसपालि पनि सङ्घीय सरकारले गर्नु पर्ने महत्त्वपूर्ण ७ मागहरू लाई निरन्तरता दिइएको जनाएको छ । महोत्सवको उद्घाटन प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले गर्ने कार्यक्रम रहेको आयोजक कैलाली उद्योग बाणीज्य सङ्घले जनाएको छ ।
माघ १८ गते देखि आयोजना हुने भए पनि कोरोनाको सङ्क्रमण बढ्न थालेपछि तयारी सुरु भएको सुदूरपश्चिम महोत्सव २०७८ अन्तिममा आएर स्थगित गर्नु परेको थियो । भने कोरोना भाइरस कोभिड १९–का कारण विगत २ वर्ष देखी आयोजना हुन नसकेको महोत्सव भोलि चैत १० गते धनगढी उप–महानगरपालिका वडा नंं.१ पशुपति टोलमा सुरु हुन लागेको हो ।