३१ भाद्र २०८३, बुधबार
बि प्लस खबर

एल आई सी नेपाल लि.धनगढी शाखा द्वारा रु ५२ लाख ८० हजार रकमकाे मृत्यदाबीकाे चेक हस्तान्तरण

खबर सम्बाददाता १० चैत्र २०७८, बिहीबार
एल आई सी नेपाल लि.धनगढी शाखा द्वारा रु ५२ लाख ८० हजार रकमकाे मृत्यदाबीकाे चेक हस्तान्तरण

एल.आई.सी (नेपाल) लि.धनगढी शाखा बाट अभिकर्ता मन्जु कु.शाही मार्फत बीमा गराउनु भएका स्व.प्रकाश ब शाहका पत्नी श्री ज्ञानु चन्द शाह ज्यु लाई धनगढी शाखाका शाखा प्रबन्धक कृष्ण भट्ट द्वारा एक कार्यक्रम बिच मृत्यु दाबीकाे चेक हस्तान्तरण गरिएकाे छ।शाखा कार्यालयका स्व शाह प्रति श्रद्धाञ्जली ब्यक्त गर्दै शुरु भएकाे कार्यक्रममा अभिकर्ता मन्जु शाहीले आफ्नाे १८ बर्ष लामाे एल.आई.सी आबद्धताकाे दाैरानमा आफुले बीमा गरेकाे पहिलाे बिमीतकाे काेराेना महामारीका कारण मृत्यु भएकाेमा आफु अत्यन्त मर्माहत भएकाे तर एल आई सी नेपाल लि.ले कागजात पेश गरे पश्चात् समयमै बिना झन्झट मृत्युदाबी भुक्तानी गरेकाेमा धन्यवाद ब्यक्त गर्दै आफ्नाे संस्था सँग आबध्दता प्रति गाैरब बाेध गर्नु भयाे। उक्त रकमले पिडीतकाे घाउमा थाेरै भए पनि मलह्म लगाउने काम गरेकाे प्रति खुसी ब्यक्त गर्नु भयाे । कार्यक्रम निज बिमीतका श्रीमती ज्ञानु शाह चन्दले एल आई सी नेपालले उपलब्ध गराएकाे रकमले दैनीकी सन्चालनका साथै आफ्ना बाल बच्चाकाे अध्ययनका लागि ठुलाे राहत पुर्याउने कुरा ब्यक्त गर्नु भयाे । शाखा प्रबन्धक भट्टले कार्यक्रममा बाेल्नु हुँदै मृत्य आफैमा दुखद कुरा बताउदै मानबिय क्षतिकाे कहिले पुर्ति नहुने तर बीमा रकमले घरकाे मुख्य आम्दानी गर्ने ब्यक्तिकाे अभाबमा परिवारका लागि ठुलाे अभिभावकिय भुमिका निर्वाह गर्न सक्ने र कतिपय अबस्थामा हाम्राे देशकाे सन्दर्भमा घरमा आम्दानि सृजना गर्ने ब्यक्तिकाे मृत्य हुँदा परिवारका ब्यक्ति राेडमा आउने अवस्था बिधमान रहेकाे बताउदै परिवार लाई आफू नहुँदा पनि आर्थीक सुरक्षा प्रदान गर्नका लागि सबैले आफ्नाे क्षमता अनुसार अनिवार्य बीमा गर्नु पर्ने आम जनसमुदाय सचेत हुनु पर्ने बिचार ब्यक्त गर्नु भयाे । साे कार्यक्रममा एजेन्सी म्यानेजर राम ब शाही ,जानकी जाेशी ,केसव भणडारी लगायतकाे उपस्थिति थियाे।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin