३१ भाद्र २०८३, बुधबार
बि प्लस खबर

लालझाडीमा होली महोत्सव कार्यक्रम २०७८ भब्यताका साथ सम्पन्न

खबर सम्बाददाता १० चैत्र २०७८, बिहीबार
लालझाडीमा होली महोत्सव कार्यक्रम २०७८ भब्यताका साथ सम्पन्न

कंचनपुरको लालझाडी गा.पा. वडा न. ४ स्थित जाइ गाउँमा होली महोत्सव कार्यक्रम-२०७८ मा प्रमुख अतिथी रानाथारु उत्थान समन्वय मञ्चका अध्यक्ष फुल्लन राना विशिस्ट अतिथी लालझाडी गा.पा. का अध्यक्ष मदन सेन बडायक , विशिस्ट अतिथी लालझाडी गा.पा. का उप-अध्यक्ष सत्य देवी महरा बिशिस्ट अतिथि लालझाडी गा.पा. वडा न. २ का वडा अध्यक्ष हेम राज राना , विशिस्ट अतिथी लालझाडी गा.पा. वडा न. ६ का वडा अध्यक्ष फुला राम चौधरी ,बिशिस्ट अतिथि बेदकोट नगरपालिका ६ वडा अध्यक्ष सत्य राना , रानाथारु कलाकार मञ्चका कलाकार ,विभिन्न अतिथी गाउँ ,टोलबासीको उपस्तिथि र होली महोत्सव कार्यक्रम वडा न. ४ का वडा अध्यक्ष बहादुर रानाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा सबै कलाकार, अतिथीलाई स्वागत गर्दै कार्यक्रम ब्यवस्थापन समितिकि कोषाध्यक्ष बन्धो रानाले स्वागत मन्तव्य व्यक्त गरेकि थिइन ।

हाम्रो रानाथारु कलाकारले हामी रानाथारु छौ भनेर सांसरमा चिनाउने काम गरेको छ हामीले आफ्नो कला, संस्कृति बचाउन आवश्यक छ । हामीले हाम्रा कलाकारलाई सम्मन गर्नु पर्छ भनेर लालझाडी गा.पा. वडा न. २ का वडा अध्यक्ष हेमराज रानाले बताएका छन ।

रानाथारुका सबै कला र अन्य कृयाकलापलाई देखेर सबैलाई सम्मान गरेका छौ । हामीले धेरै कोशिश गर्दा पनि कोभिडको कारणले होरी मिलन गर्न सकेनौ र यो वर्ष लगाएर २ वर्ष कार्यक्रम गरेका छौ । हामी सबैलाई सम्मान गर्छौ र सबैलाई अगामी दिनमा पनि सम्मान र सहयोग गर्नेछौ भनेर नेपाल रानाथारु समाजका केन्द्रिय सदस्य गर्भु रानाले बताएका छन ।

रानाथारु कलाकार मञ्चका कलाकारले आफ्नो नृत्य प्रस्तुत गरेका थिए ।
रानाथारु कलाकार मञ्चका कलाकार
श्रीशा राना , हरद्वारी राना , ओम प्रकाश राना, अमर सिंह राना , पार्वती राना ,धनकुमारी राना , जगदीश राना,नरेश राना, कुठारी राना, सीता राना ,ऋषि राज राना , दशरथ राना, सरस्वती रानाको बेजोड प्रस्तुति भएको थियो र त्यस कार्यक्रममा सबै कलाकारलाई आयोजकले सम्मानित गरेक थिए ।

रानाथारुको उज्ज्वल भविस्य कला संस्कृति बचाउनको लागि लालझाडी का विभिन्न गाउँबाट रानाथारु होरी नाच गरेका थिए ।

यदि हामी सबै पार्टीका एकै मञ्चमा सङ्गै बस्न सक्दैनौ भने हाम्रो समाजमा प्रगति हुने छैन । रानाथारुको संस्कृति संरक्षण गर्नका लागि आजको दिन होली नाच आएको थियो खुसी लाग्यो । हाम्रो रानाथारु कलाकारले हामीलाई चिनाउन रानाथारु छौ भनेर काम पनि गरेका छन । रानाथारु कलाकार मञ्चको भनाइ पनि राम्रो छ कार्यक्रममा २०% रानाथारु कलाकारलाई दिनुपर्ने भनेर तर हामीलाई राज्य सरकारबाट यदि बिकासको लागि सहयोग गर्दैन भने हामी कलाकार मञ्चलाई बिकास गर्न सक्दैनौ । रानाथारुलाई संस्कृति संरक्षण गर्नु राम्रो हो । संस्कृतिक कार्यक्रममा संस्कृतिकको कुरा गर्न राम्रो हो यदि राजनीतिको बारेमा बहस गर्नु छ भने राजनीतिक मञ्चमा बहस गर्छौ भनेर बिशिस्ट अतिथि लालझाडी गा.पा. अध्यक्ष मदन सेन बडायकले बताएका छन ।

रानाथारु कला संस्कृतिलाई संरक्षण गर्न जरुरी छ र संस्कृति बचाउनको लागि आर्थिक पनि जरुरी छ । हामीलाई रानाथारुको विभिन्न क्षेत्रमा आर्थिकको पनि अति आवश्यक छ । आजको दिनमा युवाले संस्कृति बचाउन जरुरी छ । यदि युवाले संस्कृति बचाउनमा लागेन भने संस्कृति बचाउन भनेर प्रमुख अतिथि रानाथारु उत्थान मञ्चका अध्यक्ष फुल्लन रानाले बताएका छन ।

रानाथारुका विभिन्न राष्ट्रिय कलाकार स्थानीय कलाकार सबै अतिथि र दर्शकलाई धन्यवाद दिदै हामीले आफ्नो कला संस्कृतिलाई बचाउनु पर्छ भनेर आजका सभापति लालझाडी गा.पा.४ न. वडाका वडा अध्यक्ष बहादुर रानाले बताएका छन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin