३० भाद्र २०८३, मंगलवार
बि प्लस खबर

अत्तरियामा प्रदेश स्तरिय गोदावरी मेयर कप खुल्ला भलिबल प्रतियोगिता हुने

खबर सम्बाददाता १० चैत्र २०७८, बिहीबार
अत्तरियामा प्रदेश स्तरिय गोदावरी मेयर कप खुल्ला भलिबल प्रतियोगिता हुने

कैलालीको अत्तरियामा दोस्रो संस्करणको प्रदेश स्तरिय गोदावरी मेयर कप खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । गोदावरी नगरपालिकाको मुख्य प्रर्वद्धनमा गोदावरी १ मा रहेको न्यु सृजनशिल युवा क्लव (सिवाईसी) अत्तरियाको आयोजनामा यहि चैत २६ गतेदेखी ३० गते सम्म उक्त प्रतियोगिता हुने भएको हो ।

आयोजक सिवाईसीले बिहीबार अत्तरियामा पत्रकार सम्मेलनको आयोजना गरी कोरोनाका कारण रोकिएको प्रतियोगीताको दोस्रो संस्करण बारे जानकारी दिएको छ । प्रतियोगितामा सुदूरपश्चिम प्रदेशका जुनसुकै टिमहरुले पनि सहभागीता जनाउन पाउने खेल संयोजक विक्रम विष्टले बताए ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद २ लाख ५ हजार ५ सय ५५ रुपैया, दृृतिय टिमले नगद १ लाख ५ हजार ५ सय ५५ रुपैया र तृतिय हुने टिमले ३५ हजार ५ सय ५५ रुपैया सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक विष्टले जानकारी दिए । त्यस्तै प्रतियोगीतामा विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद रु. १० हजार तथा उत्कृष्ट सरभर, स्पाईकर, लिफ्टर, ब्लकर, डिफेन्डर र उदयीमान खेलाडीलाई नगद रु. ५/५ हजार पुरस्कार दिईने खेल संयोजक विष्टले बताए । प्रतियोगीताको प्रत्येक खेलहरुमा २ राष्ट्रियस्तरका खेलाडी तथा विभागीय खेलाडीहरुलाई समावेश गर्न सकिने बताइएको छ ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin