कैलालीको धनगढी उप-महानगरपालिका वडा न. ७ स्थित श्री शिव मा. जखौर बाबा धार्मिक महायज्ञ -२०७८ मा आज चैत ११ गतेका दिन प्रमुख अतिथि नेपाली कांग्रेसकि नेत्री संबिधन सभा सदस्य डा. आरजु राणा देउवा , बिशिस्ट अतिथि प्रमुख वाचक अन्तर्राष्ट्रिय भागवत भूषण वाचन शिरोमणि आचार्य श्री नारायण शरण ज्यु(पूज्री सन्जेल जी महाराज) विभिन्न भक्तजन , बुद्धिजीवीको उपस्थितिमा र श्री शिव मा. जखौर बाबा धार्मिक महायज्ञ -२०७८ मुल समारोह समितिका अध्यक्ष भागिराम रानाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसकि नेत्री संबिधन सभा सदस्य डा. आरजु राणा देउवाले कार्यक्रम उद्घाटन गरेकी थिइन ।
यस बिद्यालयमा अहिले सम्म निजि स्रोतबाट चलिरहेको छ भनेर सुनेको छु । यस बिद्यालयलाई सरकारी बनाउन के गर्नु पर्छ म पहल गर्नेछु । यस बिद्यालयलाई कति सम्म सहयोग गर्नुपर्छ मलाई भन्नुहोला म सहयोग गर्नेछु भनेर आजकी प्रमुख अतिथि नेपाली कांग्रेसकि नेत्री संबिधन सभा सदस्य डा. आरजु राणा देउवाले बताएकी छिन ।