लालझाडी गाउँ पालिकाले वडा नं. ३ सम्पर्क कार्यलय उद्द्रघाटन गरेको छ । अगामी बैशाख ३० गतेको चुनाव लच्क्षीत गरी सम्पर्क कार्यलय राखिएको हो । यसै अवसरमा विभिन्न दल परित्याग गरी २६ जनाले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रवेश गरेका छन ।

लालझाडी गाउँ पालिका अध्यक्ष मदन सेन बडायकले वडा नं. ३ को सम्पर्क कार्यलयको उद्दघाटन कार्यक्रमा विभिन्न पार्टी परित्याग गरी पार्टी प्रवेश गर्ने कार्यकर्तालाई स्वागत गर्दै आफूले पाँच वर्षमा गरेका काम जनता संग घाम जस्तै छरलंग छ । सबैले पहिले र अहिलेको लालझाडीमा फरक पाएको हुनु पर्छ बताउनु भयो ।

लालझाडी गाउँपालिका इन्चार्ज जगदिस सेट्टीले लालझाडी भनेको दश वर्ष युद्ध लड्ने र देशका लागि ज्यान गुमाउने लाल सेनाको झाडी हो । गणतन्त्रको स्थापना गर्न आफ्नो रगत बगाउने सहिदहरुका सपना सकार गर्न माउवादी पार्टीलाइ सघाउनु पर्ने बताए ।
लालझाडी गाउँ पालिकाले वडा नं. ३ का अध्यक्ष टिका राम चौधरीले दोदा नदीको कटान समस्या कम गर्न लाई जनताको तटबन्ध कार्यक्रम गरेको छौ । जसका लागि १८ करोडको बजेट रहेको थियो त्यो ब्यबस्था भइसकेको बताए । लालझाडीको ७० प्रतिशत बाटो ग्राविल भइ सकेको छ । प्रत्येक वडामा उप स्वास्थ्य चौकी अाफ््नाे पालामा जनताको सेवा गर्न पाएको बताए ।