कैलालीको धनगढी उप-महानगरपालिका वडा न.७ स्थित देवरियामा भैरहेको श्री शिव माध्यमिक जखौर बाबा धार्मिक ज्ञान महायज्ञ-२०७८ को कार्यक्रममा प्रमुख अतिथि धनगढी उप-महानगरपालिका वडा न.७ का वडा अध्यक्ष तथा नेपाली कांग्रेस कैलाली क्षेत्र न.५ क का सभापति सिताराम राना रहेका थिए ।
मेरो वडाबाट मलाई मिल्ने एक महिनाको पारिश्रमिकको सेवा सुबिधा सबै यस ज्ञान महायज्ञमा दान दिनेछु र भोलि आफ्नो बजैको नामबाट तुला दान पनि गर्नेछु र यस श्री शिव माध्यमिक विद्यालयको उन्नतिको लागि सहयोग गर्नेछु भनेर आजका प्रमुख अतिथी धनगढी उप-महानगरपालिका वडा न. ७ का वडा अध्यक्ष तथा नेपाली कांग्रेस कैलाली क्षेत्र न.५ क का सभापति सिताराम रानाले घोषणा गरेका छन ।