६ आश्विन २०८३, मंगलवार
बि प्लस खबर

रानाथारुका कलाकारको प्रगतिका लागी ब्यक्तिगत रुपमा पनि सहयोग गर्नेछु: सिताराम राना

खबर सम्बाददाता १४ चैत्र २०७८, सोमबार
रानाथारुका कलाकारको प्रगतिका लागी ब्यक्तिगत रुपमा पनि सहयोग गर्नेछु: सिताराम राना

धनगढी उप-महानगरपालिका वडा न. ७ स्थित देवहरिया गाउँमा रानाथारु सांस्कृतिक कार्यक्रम २०७८ चैत १३ गते आइतबारको दिन धनगढी उप-महानगरपालिका र धनगढी उप-महानगरपालिका वडा न. ७ देवहरियामा आयोजना भएको थियो ।प्रमुख अतिथि धनगढी उप-महानगरपालिका वडा न. ७ का वडा अध्यक्ष तथा नेपाली कांग्रेस सुदुर पश्चिम् प्रदेश क्षेत्र न.५ क का सभापति सिताराम राना , विशिष्ट अतिथि नेपाली कांग्रेस सुदुर पश्चिम् प्रदेश कार्यसमितिकि सदस्य भुलिया राना , विशिष्ट अतिथी धनगढी उप-महानगरपालिकाकि वडा सदस्य यमुना भट्ट जोशि , देवरिया गाउँका पधना पृथ्वी राना ,वडा न. ७ का समाजसेवी मेघनाथ राना, देवरिया वन उपभोक्त समुहका उपाध्यक्ष जगत राम राना , देवरिया वन उपभोक्त समुहका पुर्व अध्यक्ष भजन राना ,बि.प्लस मिडियाका अध्यक्ष भानुप्रताप राना , र त्यस गाउँका बुद्धिजीवी ,समाजसेवि र धनगढी उप-महानगरपालिका वडा न. ७ का वडा सदस्य बासु रानाथारुको अध्यक्षता कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा सबैलाई स्वागत गर्दै धनगढी उप-महानगरपालिका वडा न. ७ कि वडा सदस्य यमुना भट्ट जोशीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन ।

रानाथारुको सान्स्कृतिक कार्यक्रमले यहाँ आफ्नो पहिरनमा आएका छन ।
हाम्रो संस्कृतिलाई बचाउन जरुरी छ । हाम्रो संस्कृति अहिले लोप हुनलागेको छ । हामीले आफ्नो बच्चालाई पनि आफ्नो पहिरन संस्कृति सिकाउनु पर्छ ।यदि सिकाएनौ भने हाम्रो पहिचान लोप हुँदै जान्छ । यस्तो कार्यक्रममा हामीलाई बताउनुहोस हामी यस्ता कार्यक्रमा कस्तो सहयोग गर्नुपर्छ हामी गर्छौ भनेर आजका बिशिष्ट अतिथि नेपाली कांग्रेस कैलाली क्षेत्र न. ५ का क्षेत्रीय सभापति भिम पडालले बताएका छन ।

कार्यक्रममा देवहरिया गाउँको ठडौवा र लोहकौवा होरी नाच भएको थियो । मनेहरा गाउँको कलाकार होरी नाच प्रस्तुत गरेका थिए ।

रानाथारु कलाकार मञ्चका कलाकारको प्रस्तुति भएको थियो । कलाकार,गायक , मोडेल को प्रस्तुति भएको थियो ।

कार्यक्रममा रानाथारुले प्रस्तुत गरेको होरी , कलाकार मञ्च , र स्थानीय कलाकारलाई सम्मान गरेका थिए ।

आफ्नो संस्कृतिलाई बचाउनु पर्छ । आजका कलाकारले धेरै राम्रो चिनाउने काम गरिरहेका छन । रानाथारु कलाकार मञ्चका विभिन्न कलाकारहरुलाई बैशाख को चुनाव पछि सबै कलाकारलाई सम्मानको कार्यक्रम गर्नेछु भनेर आजकी बिशिष्ट अतिथि नेपाली कांग्रेस सुदुर पश्चिम् प्रदेश कमिटी सदस्य भुलिया रानाले प्रतिबद्धता गरेकी छिन ।

कार्यक्रम विशेष गरेर कलाकारको लागि राखेका थिए । यस कार्यक्रममा सबैले आफ्नो कला प्रस्तुत गर्नका लागि आयोजना गरेका थियौ । कलाकारलाई कहाँ ठाउँ दिने ?हामीले कार्यक्रममा कलाकारको लागि मञ्चको ब्यवस्था गरेका थियौ । कलाकारहरुले आफ्नो संस्कृतिलाई बचाउनको लागि लागेका छन त्यसैले कलाकारहरुलाई विश्वास गर्नुपर्छ कि हाम्रो संस्कृतिलाई बचाउन लागेका छन । हाम्रो पहिरन घघारिया ,अगियालाई पनि बचाउनु पर्छ । हाम्रो वडाबाट आफ्नो पहिरनको घघारिया ,अगिया सिल्न सिखाउनु पर्छ । वडामा आउनुहोला आफ्नो पहिरनलाई बचाउनको लागि के गर्नुपर्छ म सहयोग गर्छु । यस्ता सिपमुलक तालीम सङ्ग सङ्गै पढाउन पनि अत्यन्तै जरुरी छ । रानाथारुका कलाकार प्रगति गर्नुहोला केही समस्या भयो भने हामी वडा , नगरबाट सहयोग गर्छौ । यदि भएन भने म ब्यक्तिगत तर्फबाट सहयोग गर्नेछु । अगामी वर्षमा पनि यो भन्दा भव्य राम्रो कार्यक्रमको आयोजना गर्नेछौ भनेर प्रमुख अतिथि धनगढी उप-महानगरपालिका वडा न. ७ का वडा अध्यक्ष सिताराम रानाले बताएका छन ।

हाम्रा पुर्खाबाट चलिरहेको पहिरन, संस्कृतिलाई हामीले जागेर्ण गर्नुपर्छ । हामीले हाम्रो पहिचानलाई चिनाउनु पर्छ । हाम्रो संस्कृति हाम्रो पहिचान बचाउन लाग्नुपर्छ भनेर धनगढी उप-महानगरपालिका ७ न. वडा सदस्य बासु रानाथारुले बताएका छन ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin