नेपाली काँग्रेस कैलाली प्रदेश क्षेत्र नम्बर ५ (क) को विशेष बैठक तथा छलफल भएको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १८ मा प्रदेश सदस्य भुलिया रानाको प्रमुख आतिथ्यतामा भएको विशेष बैठक तथा छलफल कार्यक्रममा १३ वडाका सभापतिको उपस्थिती रहेको थियो ।
सिताराम रानाको अध्यक्षतामा भएको कार्यक्रममा १३ वडाको विशेष रिपोटिङ्गका साथै समिक्षा, गठवन्धनका विषयमा साझा धारणा र चुनावी अभियानलाई तिब्र बनाउने र संगठन विस्तार गर्ने निर्णय गरिएको छ ।
बैठकमा सहभागि अधिकांस वडा सभापति तथा वक्ताहरुले क्षेत्र नम्बर ५ प्रदेश (क) का १३ वडामा काँग्रेस बलियो रहेकोले गठबन्धन गर्न नहुने धारणा राखेका थिए ।
