कैलालीको धनगढी उप-महानगरपालिका वडा न. ७ स्थित देवरिया गाउँको शिव मा.वि.मा श्री शिव माध्यमिक जखौर बाबा धार्मिक ज्ञान महायज्ञ-२०७८ आज मिति २०७८ चैत १८ गतेका दिन समापन कार्यक्रममा प्रमुख अतिथि धनगढी उ.म.न.पा.का मेयर नृप बहादुर वड , बिशिस्ट अतिथि नेपाली कांग्रेस महासमितिका सदस्य उद्दव बिष्ट ,विशिस्ट अतिथि धनगढी वडा न.७ का अध्यक्ष सिताराम राना, सदस्य यमुना भट्ट जोशी र अन्य अतिथि भक्तजन बुद्धिजीवी र सभापति मुल आयोजक समितिका अध्यक्ष भागिराम चौधरीको अध्यक्षतामा समापन कार्यक्रम सम्पन्न भएको छ ।

यस विद्यालयको शैक्षिक तथा भौतिक उन्नतिको लागि धनगढी उप-महानगरपालिकाको तर्फबाट धनगढी उप-महानगरपालिकाका मेयर नृप बहादुर वडले घोषणा गरेका थिए ।

सबै धार्मिक ज्ञान महायज्ञमा दानबिर र अन्य भक्त सहयोगीलाई स्वागत तथा धन्यवाद मुल आयोजक समितिका सदस्य पृथ्वी रानाले स्वागत मन्तव्य ब्यक्त गरेका थिए ।
यस कार्यक्रमबाट २४,२४,७६९ चौबिस लाख चौबीस हजार सात सय उन्सत्री रुपैयाको आयव्यय प्रतिवेदन कोषाध्यक्ष जगन्नाथ रानाले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा उपस्थित नभएपनी श्री शिव माध्यमिक जखौर बाबा धार्मिक ज्ञान महायज्ञ-२०७८मा २०००००० बीस लाख मात्र सुदुर पश्चिम् प्रदेश सभा सदस्य माननीय टेक बहादुर रैकाले सहयोग गर्ने भनेर बिशिस्ट अतिथी नेपाली कांग्रेस महासमितिका सदस्य उद्दव बिष्टले उद्घोष गरेका थिए ।
कार्यक्रममा प्रमुख वाचक , राष्ट्रिय उद्घोषक , कलाकार समूह , र आयोजक सदस्यलाई सम्मान पनि गरेका थिए ।

हामीले सुरुमा यो महायज्ञ सम्पन्न हुन्छ कि हुदैन भनेर डराउदै थियौ तर आट गर्यौ हामी सम्पन्न गर्न सफल भयौ । सबै दान दाता , सहयोगी र सबै सबैलाई धन्यवाद दिदै आजका सभापति भागिराम चौधरीले कार्यक्रम समापन गरेका थिए ।
