६ आश्विन २०८३, मंगलवार
बि प्लस खबर

थारु पत्रकार संघ कैलाली अध्यक्षमा दिनेश दहित

खबर सम्बाददाता २४ चैत्र २०७८, बिहीबार
थारु पत्रकार संघ कैलाली अध्यक्षमा दिनेश दहित

थारु पत्रकार संघ कैलालीको अध्यक्षमा दिनेश दहित निर्विरोध निर्वाचित भएका छन् ।थारु पत्रकार संघ कैलालीको चौथो जिल्ला अधिवेशनबाट नेपाल पत्रकार महासंघ कैलालीका सह–सचिव समेत रहेका दिनेश दहित निर्विरोध निर्वाचित भएका हुन् ।


समितिको उपाध्यक्षमा रतनलाल चौधरी निर्विरोध निर्वाचित भएका छन् । चौधरी नेपाल पत्रकार महासंघ कैलालीका कार्यसमिति सदस्य हुन् । सचिवमा दिलबहादुर चौधरी, कोषाध्यक्षमा विवश चौधरी र सहसचिवमा अनिता चौधरी निर्वाचित भएका छन् ।
सदस्यमा नेपाल पत्रकार महासंघ कैलालीका कार्यसमिति सदस्य समेत रहेका नरेन्द्र चौधरी, प्रेमलाल चौधरी, गीता चौधरी, मोतीराम चौधरी, राजु चौधरी र श्रीशा राना निर्विरोध निर्वाचित भएका छन् । 


यही चैत २५ र २६ गते अमलटारीमा हुने थारु पत्रकार संघको पाँचौ राष्ट्रिय महाधिवेशन तथा १० औं साधारसभाका लागि प्रेम चौधरी, भीम चौधरी, इन्दु चौधरी, राम दहित, सागर कुश्मी, विदेश चौधरी, केन्द्रीय प्रतिनिधिमा चयन भएका छन् । 


यसअघि भएको उद्घाटन समारोह कैलाली जिल्ला अध्यक्ष प्रेम चौधरीको अध्यक्षतामा तथा थारु पत्रकार संघका केन्द्रीय उपाध्यक्ष उन्नती चौधरीको प्रमुख आतिथ्यतामा भएको थियो । उद्घाटन समारोहमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का पूर्व सल्लाहकार गणेश चौधरी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम इन्चार्ज भीमबहादुर चौधरी, सुदूरपश्चिम प्रदेश अध्यक्ष लखन दहित, कैलाली जिल्ला अध्यक्ष राम दहित, थारु पत्रकार संघका निवर्तमान केन्द्रीय सचिव इन्दु चौधरी लगायतले शुभकामना मन्तव्य राखेका थिए । 


भेलाले गणेश चौधरी अध्यक्षतामा भीम चौधरी र उन्नती चौधरी सदस्य रहेको निर्वाचन मण्डल गठन गरेको थियो ।        

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin