६ आश्विन २०८३, मंगलवार
बि प्लस खबर

कमल सिं.राना द्वारा धनगढीको मेयर पदमा उम्मेदवारी घोषणा

खबर सम्बाददाता २४ चैत्र २०७८, बिहीबार
कमल सिं.राना द्वारा धनगढीको  मेयर पदमा उम्मेदवारी घोषणा

युवा नेता कमल सिंह राना द्वारा धनगढी उ.म.न.पा.मा मेयर पदमा उम्मेदवारी दाबी

बैसाख ३० गते हुने भनिएको स्थानीय तहको आगामी निर्बाचनको सरगर्मी बढीरहेको बेला नेकपा (एमाले) पार्टीबाट युवा नेता कमल सिंह रानाले मेयर पदमा उम्मेदवारी दाबी गर्नु भएको छ । सुदुर पश्चिम प्रदेशको एक मात्रै उपमहानगर पालिकामा गठबन्धनको चुनावी तालमेल हुने हल्ला र स्वतन्त्र उम्मेद्बार रुपमा उम्मेदवारी दिइसकेका गोपाल हमालको चुनौतिका बिच उहाँले उम्मेदवारी घोषणा गर्नुभएको छ । उच्च शिक्षा अध्ययन कै क्रममा २०६३ को जनआन्दोलन देखि सकृय राजनीतिमा रहि पार्टीका विभिन्न भातृ संगठनमा उहाँले काम गर्दै आउनु भएको छ । ३ विषय (भौतिक बिज्ञान, जन प्रशासन र राजनीति शास्त्र)मा स्नातकोत्तर गरेका कमल सिंह रानाले यश क्षेत्रको एक एक समस्या सँग आफू घुलमिल रहेको र ती सबै समस्या समाधान गर्न सक्ने क्षमता आफुमा रहेकोले यश क्षेत्रको दिगो बिकासका लागि आफ्नो उम्मेदवार रहने बताउनु भएको छ । मेरो ब्यक्तिगत लगनशीलता, दक्षता र इमानदारीताको कारण पार्टीले मलाइ उम्मेदवार बनाउने र उमेदबारी पाउने बिस्वासका साथ चुनावी दौरानमा यस क्षेत्रको बिकासका निम्ति आफ्नो योजना जनताका बिच बताउने र जनताले बिश्वास गरेर जित्नेमा ढुक्क रहेको बताउनु भएको छ ।
उमेदबारको ब्यक्तिगत प्रोफाइल
१. शैक्षिक योग्यता : १)स्नातोकोत्तर (भौतिक बिज्ञान- बनारस हिन्दु विश्वविधालय २०७० साल , वाराणसी, भारत
२)स्नातोकोत्तर (राजनीतिक शास्त्र- त्रिभुवन विश्व विधालय २०७५)
३)स्नातोकोत्तर (पब्लिक एडमिनिस्ट्रेसन – त्रिभुवन विश्व विधालय २०७७)
भाषा ज्ञान : नेपाली, अंग्रेजी, हिन्दी , स्पेनिस लगायत लोकल भाषाहरु
कृति प्रकाशन : सम्पादक/ लेखक (रानाथारु भाषामा कक्षा १/२/३ को पाठ्यक्रम (पाठ्यक्रम बिकास केन्द्र, नेपाल सरकार को लागी )
संघ/संस्था : थारु युवा सभा ०६५ साल – के. उपाध्यक्ष ( संस्थापक)(थारू कल्याणकारी सभा को भातृ सङ्गठन थारु युवा सभा हो) :
थारू कल्याणकारी सभा – आजीवन सदस्य: आदिवासी जनजाति युवा महासंघ ०६७ साल
के. उपाध्यक्ष (संस्थापक)(देश भरी का युवा आदिवासी जनजाति को सङ्गठन आदिवासी जनजाति युवा महासंघ हो):
नेपाल राना थारु समाज- केन्द्रिय सदस्य २०७५ (नेपाल राना थारु समाज राना थारु हरु को मूल संस्था हो) नेपाल राना थारु समाज- केन्द्रिय उपाध्यक्ष २०७६ हाल सम्म।
राजनैतिक विवरण
पार्टी सदस्यता ​: मिति २०६४/०१/१० मा नेकपा (एमाले) को साधारण सदस्य ( जिल्ला कैलाली):
मिति २०६६/०४/२५ मा नेकपा (एमाले) को संगठित सदस्य (जिल्ला कैलाली)
राजनीतिक जीवन​: नेकपा (एमाले) कैलाली-काठमाडौं सम्पर्क मंच २०६३ सालमा – सदस्य
​​: नेकपा (एमाले) कैलाली-काठमाडौं सम्पर्क मंच २०६५ सालमा – कोषाध्यक्ष
​​: नेकपा (एमाले) कैलाली-काठमाडौं सम्पर्क मंच २०६७ सालमा – उपाध्यक्ष
​​: जनआन्दोलन ०६२/०६३ मा सक्रियता
​​: नेपाल लोकतान्त्रिक थारु विधार्थी संघ (नेकपा एमाले) २०६५ साल – अध्यक्ष
​​: अनेरास्ववियु थारु विधार्थी केन्द्रीय सम्पर्क कमिटी २०६६ साल – सदस्य
​​: अनेरास्ववियु केन्द्रीय सदस्य ( २०औ राष्ट्रिय अधिबेशन ) निर्बाचित २०६७ साल
​​: हाल- अनेरास्ववियु थारु विधार्थी राष्ट्रिय कमिटी – अध्यक्ष,
: लोकतान्त्रिक आदिबासी जनजाती महासघ नेकपा (एमाले) केन्दृय सदस्य २०७७
: लोकतान्त्रिक आदिबासी जनजाति महासघ नेकपा (एमाले) केन्दृय सदस्य तथा कैलाली जिल्ला सह इन्चार्ज २०७८ हाल
: जिल्ला कमिटी सदस्य नेकपा (एमाले) कैलाली २०७७
हाल –
जिल्ला कमिटी सदस्य नेकपा (एमाले)२०७८ कैलाली

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin