७ आश्विन २०८३, बुधबार
बि प्लस खबर

धनगढीमा भूमिहिन दलितलाई जग्गाधनी दर्ता प्रमाणपत्र वितरण सुरु

खबर सम्बाददाता २५ चैत्र २०७८, शुक्रबार
धनगढीमा भूमिहिन दलितलाई जग्गाधनी दर्ता प्रमाणपत्र वितरण सुरु

सुदुरपश्चिम प्रदेशमा पहिलो पटक भूमिहिन दलितहरुलाई जग्गाधनी दर्ता प्रमाणपत्र वितरण गरिएको छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्व संविधान सभा सदस्य डाक्टर आरजु राणा देउवाले धनगढी उपमहानगरपालिका का २१ परिवार भुमिहिन दलितहरुलाई जग्गाधनी दर्ता प्रमाणपत्र बितरण गरेकी छिन ।
जग्गाधनी दर्ता प्रमाणपत्र वितरण गर्दै नेतृ राणाले नेपाली कांग्रेसले भूमिहिन परिवारलाई बसोबासका लागि जग्गा उपलब्ध गराउने उदघोष गरेको बताउदै पहिलो चरणमा भूमिहिन दलितहरुलाई जग्गाधनी दर्ता प्रमाणपत्र बितरण गरिएको बताइन् ।

उनले क्रमबद्ध रुपमा अन्य भूमिहिनहरुलाई समेत जग्गाधनी दर्ता प्रमाणपत्र उपलब्ध गराउने बताइन । जग्गाधनी दर्ता प्रमाणपत्र हातमा परेपछि भूमिहिन दलितहरु खुशी छन्। स्थानीय कालीदेवी कोलीले सपनामा समेत आफ्नो नाममा जग्गा हुने कुरा नसोचेको बताउदै जग्गा पाएपछि निकै खुशी भएको बताइन ।
त्यस्तै, हिरादेवी लुहार समेत जग्गाधनी दर्ता प्रमाणपत्र पाउँदा निकै खुशी थिएन । जग्गाधनी दर्ता प्रमाणपत्र बितरण कार्यक्रममा धनगढी उपमहानगरपालिकाका मेयर नृप बहादुर वड लगायतको उपस्थिति रहेको थियो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin