कंचनपुरको लालझाडी २ न.वडा कार्यालयको भवनमा रानाथारु विद्यार्थी समाज कैलाली कंचनपुरको आयोजनामा नयाँ वर्ष २०७९ सालको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
आज मिति २०७८ चैत २९ गतेका दिन प्रमुख अतिथि नेपाली कांग्रेस कंचनपुर जिल्ला उप-सभापति हरीचन्द्र राना , विशिस्ट अतिथि नेपाली कांग्रेस सुदुर पश्चिम् प्रदेश कमिटी सदस्य भुलिया राना , विशिस्ट अतिथि नेपाली कांग्रेस कैलाली जिल्ला प्रदेश क्षेत्र न.५ क का सभापति तथा धनगढी उप-महानगरपालिका वडा न.७ का वडा अध्यक्ष सिताराम राना ,विशिस्ट अतिथि नेपाली कांग्रेस कंचनपुर जिल्ला प्रदेश क्षेत्र न.१ क का उप- सभापति जगदीश राना , विशिस्ट अतिथि धनगढी १० न.वडाका वडा अध्यक्ष राजेन्द्र राना ,विशिस्ट अतिथि लालझाडी २ न. वडाका वडा अध्यक्ष हेमराज राना ,विशिस्ट अतिथि धनगढी १७ न. वडाका वडा अध्यक्ष माधव राज राना , विशिस्ट अतिथि नेपाली कांग्रेस कंचनपुर जिल्ला सदस्य राधा राना , अतिथि पुनर्वासका शिक्षक निर्मल राना , अतिथि पुनर्वास ७ का कर्मचारी अजय राना र रानाथारुका विद्यार्थी गरी ७० जनाको उपस्थिति र रानाथारु विद्यार्थी समाजका केन्द्रिय अध्यक्ष सुरज रानाको अध्यक्षता कार्यक्रम भएको थियो ।

कार्यक्रममा स्वागत मन्तव्य रानाथारु विद्यार्थी समाजकि केन्द्रिय कोषाध्यक्ष सरस्वती रानाले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन ।

हामी रानाथारु यदि एकजुट भएर अगाडि बढछौ भने हाम्रो समाज पनि अगाडि बढछ त्यसैले हामी सबै रानाथारु एकजुट भएर अगाडि बढ्नुपर्छ भनेर धनगढी उप-महानगरपालिका १७ का वडा अध्यक्ष माधव राज रानाले बताएका छन ।

लालझाडी गाउँपालिकाका ९ जना गरीब तथा बेसहारा रानाथारु विद्यार्थी समाजले कपि सहयोग गरेको थियो । रानाथारु विद्यार्थी समाजको आर्थिक सहयोग रानाथारुका धनगढी ७,१० र १७ न. का वडा अध्यक्ष पुनर्वास ८ र लालझाडी २ न. वडाका वडा अध्यक्षले सहयोग गरेका थिए ।

हामीले हाम्रो समाजमा बिकास गर्न एउटा संस्थाको आवश्यक पर्दछ । यदि रानाथारु विद्यार्थी समाजले विद्यार्थीको लागि आवाज उठाएर राम्रो काम गर्छ भने रानाथारु विद्यार्थीहरुको पनि बिकास हुन्छ । हाम्रो कैलाली कंचनपुरको रानाथारु विद्यार्थीका रानाथारु विद्यार्थी समाजमा एकजुट हुनुपर्छ भनेर लालझाडी गाउँपालिका वडा न.२ का वडा अध्यक्ष हेमराज रानाले बताएका छन ।

कुनै पनि एउटा ब्यक्तिले केही पनि गर्न सक्दैन यदि हामीले सबै मिलेर लाग्यौ भने एकदिन आवश्य सफल हुन्छौ । रानाथारु विद्यार्थीहरु सबैले राजनीति पनि बुझन जरुरी छ । यदि कुनै पनि विद्यार्थीले परिक्षामा उत्तीर्ण हुनको लागि मात्र पढ्छ भने त्यसले आफ्नो लक्ष्य पुरा गर्न कठिनाइ हुन्छ त्यसैले राजनीति सबैले बुझ्नु पर्छ । रानाथारु विद्यार्थी कैलाली कंचनपुरमा कति छन भनेर तथ्यांक निकाल्न जरुरी छ ।
रानाथारु विद्यार्थी समाज भनेको विद्यार्थीको संस्था हो यसमा हामीले के सहयोग गर्नुपर्छ । हामी त्यो सहयोग गर्न तयार छौ भनेर नेपाली कांग्रेस सुदुर पश्चिम् प्रदेश कैलाली जिल्ला क्षेत्र न. ५ क का सभापति तथा धनगढी उप-महानगरपालिका वडा न.७ का वडा अध्यक्ष सिताराम रानाले बताएका छन ।

रानाथारु विद्यार्थी समाजलाई अगाडि बढाएर रानाथारु विद्यार्थीलाई बलियो बनाउनुपर्छ । रानाथारु विद्यार्थीलाई एकजुट गराएर विद्यार्थीको लागि आवाज उठाउनुपर्छ यसमा हामी पुर्ण रुपले सहयोग गर्न तयार छौ भनेर धनगढी उप-महानगरपालिका वडा न. १० का वडा अध्यक्ष राजेन्द्र रानाले बताएका छन ।

रानाथारु विद्यार्थी समाज हाम्रो रानाथारु सामुदायको संस्था हो यसमा हामीले राजनीति गर्ने होइन । रानाथारु विद्यार्थी समाजले सबै नगर तथा गाउपालिकाका रानाथारु विद्यार्थीहरुलाई बिद्यालयमा पुगेर एकजुट गर्नुपर्छ । यसमा हामीले कहाँबाट के सहयोग गर्नुपर्छ भनेर नेपाली कांग्रेस सुदुर पश्चिम् प्रदेशकि प्रदेस सदस्य भुलिया रानाले बताएकी छिन ।

रानाथारु विद्यार्थी समाजले आजको कार्यक्रम एकदमै राम्रो कार्यक्रम गरेको छ । आज एक वडाका विद्यार्थीलाई एकजुट बनाउछ अर्को दिन पालिकाका विद्यार्थीलाई एकजुट बनाउछ र यस्तै जिल्लाको विद्यार्थीलाई एकजुट बनाउने गर्छ र रानाथारु विद्यार्थी एकजुट हुनुपर्छ हामी हाम्रो समाज र रानाथारुका विद्यार्थीका लागि एकजुट भएर एक आवाजले आगामी दिनमा देख्दा खुसी लाग्छ । यदि कुनै पनि विद्यार्थीलाई केही समस्य भयो भने हामीलाई भन्नुस हामीलाई आफ्नो मानेर भन्नुस हामीलाई के सहयोग गर्नुपर्छ हामी सहयोग गर्नेछौ भनेर प्रतिबद्धता गर्दछौ भनेर प्रमुख अतिथि नेपाली कांग्रेस कंचनपुर जिल्ला उप-सभापति हरीचन्द्र रानाले बताएका छन ।

सबै संस्थाहरुमा राजनीति हुन्छ तर रानाथारु विद्यार्थी समाजमा राजनीति नहोस् र सबै पार्टीका जनप्रतिनिधिहरुले रानाथारु विद्यार्थी समाजलाई सहयोग गर्नुपर्छ भनेर श्री भानु मा.वि. कन्ज ब्यवस्थापन समितिका अध्यक्ष प्रकाश रानाले बताएका छन ।

रानाथारुमा शिक्षा क्षेत्रमा हामीले एकजुट हुनुपर्छ । विद्यार्थी देशका भविष्य हुन र उनलाई सहयोग गर्नुपर्छ भनेर नेपाली कांग्रेस कंचनपुर जिल्ला प्रदेश क्षेत्र न.१ क का उप-सभापति जगदीश रानाले बताएका छन ।

हाम्रो अहिले आर्थिक अवस्था कमजोर छ । हामी सङ्ग अहिले पहुच पनि छैन सबै रानाथारुका जनप्रतिनिधि ,राजनीति दल र हाम्रा रानाथारुका संस्थाले हामीलाई सहयोग गर्नुहुन्छ भन्ने आशा गरेका छौ । यदि हामीलाई कसैले सहयोग गरेन भने हामी विद्यार्थी एकजुट भएर चंदा उठाएर पनि बेसहारा गरीब विद्यार्थीलाई उत्साहित गर्न तथा सक्दो सहयोग गर्नेछौं भनी प्रतिबद्धता गरेका छन । हामीले रानाथारु विद्यार्थीहरुलाई एकजुट बनाउन छिट्टै प्रतेक बिद्यालयमा जाने तयारी पनि गरेका छौ । हामी विद्यार्थी आफ्नो हकहितका लागि अब चुप लागेर पहिले जस्तो बस्नेछैनौ । अब हामी उठिसकेका छौ भनेर रानाथारु विद्यार्थी समाजका केन्द्रिय कार्यसमिति अध्यक्ष सुरज रानाले बताएका छन ।

कार्यक्रम संचालन रानाथारु विद्यार्थी समाज केन्द्रिय महासचिव गोपी रानाले गरेका थिए ।
