८ आश्विन २०८३, बिहीबार
बि प्लस खबर

२ लाखको रानाथारु परिकार बेच्दै बिविध साँस्कृतिक झाँकी सहित सम्पन्न भयो रानाथारु साँस्कृतिक महोत्सव

खबर सम्बाददाता ३ बैशाख २०७९, शनिबार
२ लाखको रानाथारु परिकार बेच्दै बिविध साँस्कृतिक झाँकी सहित सम्पन्न भयो रानाथारु साँस्कृतिक महोत्सव

राना कला संस्कृति संरक्षण तथा बिकास मन्चको आयोजनामा हुँदै आएको महोत्सव बिगत २ बर्ष कोरोना महामारीले प्रभावित पछि यस बर्ष पुनः विविध साँस्कृतिक झाँकी सहित सम्पन्न भएको छ । धनगढी उपमहानगरपालिका -१३, राजपुरमा बिगत १४ बर्ष देखि निरन्तर रुपमा नयाँ बर्षका दिन लाग्ने गरेको रानाथारु साँस्कृतिक महोत्सव १२ औं पटक भब्यताका साथ सप्पन्न भएको हाे ।

रानाथारु संस्कृति प्रबर्द्धन तथा सामुदायिक बिकासको उद्देश्य बोकि “आगु बढामएँ राना समाजके लागएँ अभै औ आजसे” मूल नारा साथ माननीय पुर्ब मन्त्री तथा संघिय साँसद नारद मुनि रानाको प्रमुख आतिथ्यमा उद्द्घाटन गरिएको सो कार्यक्रम हिजो बैशाख २ गते ध.उ.म.न.पा प्रमुख नृप बहादुर वडको प्रमुख आतिथ्यमा सम्पन्न गरिएको छ । यस क्षेत्रका आदिवासी रानाथारु समुदायको सामुदायिक समस्या राज्य सम्म पुर्याउने, जनप्रतिनिधिहरुलाइ सामुदायिक बिकासमा ध्यानाकर्षण गराउँदै संस्कृति र पहिचानलाई स्थापित गराउन गरिएको महोत्सवमा लोपोन्मुख झीँझी, ठडिया नाच, रागनी-सोँघ, होरि लगायत विभिन्न कलाकार हरुको आकर्षक प्रस्तुति प्रदर्सन गरिएको थियो ।

दुई दिने महोत्सवमा सामनको डोलाबाट २५ हजार, रानाथारु परिकार मात्रै झन्डै २ लाखको कारोबार भएको छ भने समग्रमा २५-३० लाख जतिको व्यावसायिक कारोबार भएको छ । रानाथारु साँस्कृतिक झाँकि र यसै क्षेत्रका कलाकारहरुको मात्रै प्रस्तुति रहने यस बिशेष महोत्सवमा अनुमानित ५० हजार जनाले अवलोकन गरेको जानकारी आयोजक संस्थाका अध्यक्ष नारायण रानाले जानकारी गराउनु भएको छ । सो महोत्सवमा आदिवासी रानाथारु समुदाय बिकासमा उत्प्रेरकका रुपमा रहेका सफल र उत्कृष्ट ब्यक्तित्वहरु पदम राना(रानाथारु भासा/साहित्य), करम सिंह राना(कंचनपुर-उत्कृष्ट किसान), रोहित राना (उद्धमशिल युवा), रामसमझ राना (कैलाली -उत्कृष्ट किसान), भानुप्रताप राना (पत्रकारिता/समाजिक अभियन्ता), कमल सिंह राना (रास्टृय जनगणनामा रानाथारु समाबेशितामा सचेतक) को रुपमा सम्मान गरिएको थियो ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin