नेपाली कांग्रेसमा रानाथारुले जितेका मेयर ,उप-मेयर ,वडा अध्यक्ष , सदस्य र रानाथारु क्षेत्रका समुदायलाई निर्वाचन २०७९ मा टिकट दिनको लागि नेपाली कांग्रेस केन्द्रिय सदस्य जीवन राना ,सुदुर पश्चिम प्रदेशका प्रदेश कमिटी सभापति वीर बहादुर बलायर, सुदुर पश्चिम प्रदेशका प्रदेश कमिटी महामन्त्री मेघराज खड्का ,सुदुर पश्चिम प्रदेशका प्रदेश कमिटी सह-महामन्त्री अम्बिका चलाउनी , सुदुर पश्चिम प्रदेशका प्रदेश कमिटी सदस्य भुलिया राना र रानाथारु समुदायका विभिन्न संघ संस्थाका प्रतिनिधिको उपस्थितिमा पुनर्वास नगर स्तरीय भल्मन्सा कमिटीको अगुवाईमा ज्ञापन पत्र सुदुर पश्चिम प्रदेशका प्रदेश कमिटी सभापति वीर बहादुर बलायरलाई बुझाएका छन ।
थारुको क्षेत्रमा रानाथारु र थारुलाई नै टिकट पाउनुपर्ने भनेर आफ्नो भनाइ सुदुर पश्चिम प्रदेशका प्रदेश कमिटी सभापति बलायरको अगाडि आफ्ना कुराहरु राखेका छन ।
आजको छलफलमा स्थानिय पालिकाबाट रानाथारु समुदायलाई पनि समेटेर लैजाने भनेर नेपाली कांग्रेस सुदुर पश्चिम प्रदेशका प्रदेश कमिटी सभापति बलायरले आशा तथा प्रतिबद्धता गरेका छन ।