कैलाली जिल्लाको धनगढी उप-महानगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरुले प्रयोग गर्दै आएका सरकारी नम्बर प्लेट भएको सवारीसाधनहरु पालिकाको जिम्मा लगाएका छन् । आज धनगढी उप-महानगरपालिका वडा न. १० का वडा अध्यक्ष राजेन्दर राना र धनगढी उप-महानगरपालिका वडा न. ०३ का वडा सदस्य ओम चन्द्र बिक्रमले सरकारी नम्बर प्लेट भएको सवारीसाधन उप-महानगरपालिकालाई बुझाएका छन ।
आउँदो २०७९ साल बैशाख ३० गतेका दिन स्थानीय तहको निर्वाचनको मिति घोषणा भइसकेको र निर्वाचन आयोग नेपालले निर्वाचन अचार सहिंता लागु भएकोले नैतिक रुपमा सरकारी गाडी प्रयोग गर्न नमिल्ने भएकोले सवारी साधन फिर्ता गरिएको भनेर धनगढी वडा न. १० का वडा अध्यक्ष राजेन्दर रानाले जानकारी दिएका छन ।