८ आश्विन २०८३, बिहीबार
बि प्लस खबर

नेपाली कांग्रेसबाट मेयरमा पुनः नृपबहादुर वड उम्मेदवार

खबर सम्बाददाता १० बैशाख २०७९, शनिबार
नेपाली कांग्रेसबाट मेयरमा पुनः नृपबहादुर वड उम्मेदवार

नेपाली कांग्रेसले धनगढी उपमहानगरपालिकाको मेयरमा पुनः नृपबहादुर वडलाई उम्मेदवार बनाउने भएको छ ।

सत्तारुढ गठबन्धनको भागवण्डामा धनगढीको मेयर कांग्रेसको भागमा परेको छ । त्यसअनुसार शुक्रबार बसेको कार्यदलको बैठकले धनगढीको मेयरका लागि वडको नाम कार्यसम्पादन समितिमा सिफारिस गर्ने निर्णय गरेको छ ।

सम्भवः कार्यसम्पादन समितिको बैठकले आज टुङ्गो लगाउँने स्रोतको भनाइ छ । कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका वड २०७४ सालको स्थानीयतहको निर्वाचनमा धनगढीको मेयरमा निर्वाचित भएका थिए ।

फेरि टिकट पाउने निश्चित भएपछि वडले पदबाट राजीनामा दिने तयारी गरेका छन् । अहिले काठमाडौंमा रहेको उनी शनिबार बिहानै धनगढी फर्किएर राजीनामा दिने बताइएको छ ।

मेयरका अर्का आकांक्षी कृष्णबहादुर महरालाई भने आगामी निर्वाचनमा प्रदेशसभा सदस्यको टिकट दिने सहमति भएको छ । नगर समितिले धनगढीको मेयरका लागि वड र महरासहित ७ जनाको नाम सिफारिस भएको थियो ।

सत्तारुढ गठबन्धनमा भएको भागवण्डामा धनगढीको उपमेयर भने माओवादी केन्द्रको भागमा परेको छ । माओवादी केन्द्रले कसलाई उठाउने भन्ने टुंगो लगाएको छैन ।

२०७४ सालको निर्वाचनमा उपमेयरमा पराजीत भएकी शान्ति अधिकारीले टिकट पाउने सम्भावना बलियो रहेको माओवादीका नेताहरु बताउँछन् ।

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin