स्थानीय तह निर्वाचन मिति नजिकिए सङ्गै चुनावी चटारो चोक टाेल गल्ली गल्लिमा चलिरहेको बेला सबै पार्टीले आफ्नो आफ्नो उम्मेदवार छनौट गर्न ब्यस्त रहेको बेला जसपा (जनता समाजबादी पार्टीले) धनगढी उपमहानगर पालिकामा मेयर र उपमेयर पदका लागि मनोमयन दर्ता गर्ने भएको छ ।
गठबन्धनबाट हालका मेयरले नृप बहादुर वडको पुनः मेयरमा उठ्ने पक्कापक्की बिच गठबन्धन बाट बाहिरिएको जसपाले आफ्नो उम्मेदवार खडा गरेको छ । आज बसेको जसपाको बैठकले मेयर पदमा कबिन्द्र ऐर र उपमेयर पदको लागि नन्दकली रानालाइ धनगढी उपमहानगर पालिकामा सर्बसम्मत रुपमा नाम छनौट गरेको छ।