धनगढी उपमहानगरपालिका वडा नम्बर ३ को वडाध्यक्षका लागि स्वतन्त्रबाट बल बहादुर ऐरले उम्मेदवारी घोषणा गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रबाट २०७४ सालमा सम्पन्न भएको स्थानीय चुनावमा धनगढी उपमहानगरपालिका वार्ड नं ३ मा निर्वाचित भइसकेका ऐरले यस पटक उपमेयरको लागि दाबी पेश गरेका थिए ।
तर पार्टीले उपमेयरमा शान्ती अधिकारीलाई अगाडी बढाएपछि उनले स्वतन्त्रबाट वडाध्यक्षमा उम्मेदवार घोषणा गरेका हुन् । कार्यकर्ताको इमान्दारीता,सम्मान तथा कुनै पनि मूल्याङ्कन नगरी पार्टी आफ्नै दादागीरामा गइरहेको भन्दै आफू सहित १७५ जना पार्टी वडा सदस्यले पार्टी परित्याग गरेको समेत बताए ।
अब उनले वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय निर्वाचनमा धनगढी उपमहानगरपालिकाको स्वतन्त्र नगर प्रमुख पदका उम्मेदवार गोपाल हमालको टिम देखि स्वतन्त्र वडा अध्यक्ष सहितको आफ्नो ५ जनाको वडा प्यानलको उम्मेदवारीको घोषणा गरेका हुन् ।
ऐरले वडाध्यक्ष पदबाट राजीनामा दिइसकेका छन् । निर्वाचन आयोगले उम्मेदवार बन्न पदबाट राजीनामा दिनु पर्ने प्रावधान राखेको छ ।