आज २०७९ बैशाख ११ गते कैलालीको धनगढी उप-महानगरपालिका वडा न.७ वडाका २०७४ सालका जनप्रतिनिधिको भब्यताका साथ बिदाई भएको छ ।
आउदो २०७९ बैशाख ३० गतेको निर्वाचनमा पुनः सहभागी हुन वा टिकटको लागि आफ्नो पदबाट धनगढी वडा न.७ का वडा अध्यक्ष सिताराम राना ,सदस्य यमुना भट्ट जोशी , सदस्य बासु रानाथारु ,सदस्य अर्जुन चौधरी राजिनामा दिएका छन । वडा कार्यालयका कर्मचारीले भव्यसाथ बिदाई गरेका छन भनेर धनगढी वडा न.७ का वडा अध्यक्ष सिताराम रानाले बताएका छन ।