८ आश्विन २०८३, बिहीबार
बि प्लस खबर

धनगढी उपमहानगरको मेयरमा स्वतन्त्रबाट हमालको उम्मेदवारी दर्ता

खबर सम्बाददाता ११ बैशाख २०७९, आईतवार
धनगढी उपमहानगरको मेयरमा स्वतन्त्रबाट हमालको उम्मेदवारी दर्ता

धनगढी उपमहानगरपालिकाको मेयरमा व्यवसायी गोपाल हमालले उम्मेदवारी दर्ता गराएका छन्। बाजागाजा र समर्थकको जुलुससहित धनगढीस्थित मुख्य निर्वाचन कार्यालयमा पुगेर हमालले स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दर्ता गराएका हुन्।

मनोनयन दर्ता भएपछि प्रतिक्रिया दिँदै हमालले धनगढीका नागरिकको चाहनाअनुसार आफू मेयरको प्रतिस्पर्धामा उत्रिएको बताए। ‘म आफू चुनाव लडेको होइन। धनगढीका जनताको चाहनाको प्रतिबिम्ब र प्रतिनिधिका रूपमा म अघि सरेको हुँ,’ हमालले भने, ‘जनताको विश्वास नै मेरो जित्ने आधार हो।’

धनगढीको मेयरमा हमालको पहिलो उम्मेदवारी परेको हो। यही ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले ११ र १२ वैशाखमा मनोनयन दर्ताको समय निर्धारण गरेको छ। ०७४ को निर्वाचनमा हमाल नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वडसँग पराजित भएका थिए। वड १४ हजार तीन सय २४ मत ल्याएर विजयी हुँदा हमालले ११ हजार पाँच सय २७ मत ल्याएका थिए। त्यतिवेला धनगढीमा माओवादीका उम्मेदवार तेस्रो र एमालेका उम्मेदवार चौथो भएका थिए।

सत्तारूढ गठबन्धनबाट अहिले पनि मेयरमा वड नै दोहोरिने निश्चित छ। यसपटक पनि हमाल र वडबीच नै मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ। एमालेले रणबहादुर चन्दलाई धनगढीको मेयरको उम्मेदवार बनाउने निर्णय गरेको छ। 

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
9800639387,9812622235, 9814620010,
bplusstudio7@gmail.com
बि. प्लस मिडिया एण्ड इन्टरटेन्मेट द्वारा संचालित

बि प्लस खबर टिम

अध्यक्ष

भानु प्रताप राना

सम्पादक

भक्तराज राना

प्रवन्धक

हरद्वारी राना

व्यवस्थापक

नारायन राना

संबाददाता

 सुरज राना

सामाजिक संजाल

0 Shares
Tweet
Share
Share
Pin